२ कार्तिक २०७८, मंगलवार

छोरीको यथार्थता


रीता भण्डारी
४ भाद्र २०७८, शुक्रबार

छोरी यस्तो चिज रहेछ, जसलाई न कसैले बुझिदिन्छन् न कसैले ऊ जन्मेकोमा गौरन्वान्वित हुन्छन् । अपसोच (अहिले भने छोरीको चाहना बढेको देखिन्छ । छोरी तिम्रो अहिले चाहना हुनुमा पनि स्वार्थ छ किनकी बुढेसकालमा बा–आमालाई छोराले छाडेर गए पछि तिमीले एक्लो हुन दिन्नौं भनेर) छोराको चाहना पूरा गर्न आमाले त्यो समाजलाई झापड हान्नलाई जन्माइएकी तिमी समाजको अगाडि फेरि खुराक भएरै धर्तिमा आयौं । इच्छा बेगर जन्मिएकी सन्तान जब बालापन सकिएर मन लागेको कुरा बोल्न हिड्न सक्ने हुन थाल्छे, ऊ रजस्वला हुन्छे, बेचएनको अनिभुती आलस्यपन नयाँ किसिमको छ्टपटाहट, पीँडा पेट दुखाई शरीरबाट बगेको रगत देखेर आहात भनेकी छोरीलाई बा–आमा र आफ्नो परिवारबाट टाढा अलग्गै राखिन्छ । जति बेला उसलाई आमासँग के–के सोध्न मन लागेको हुन्छ, अनि बासँग अँगालो हालेर रुन मन लागेको हुन्छ, बिचरा छोरी तिमी, तिम्रो खुशीको मुहान र चयनको आनन्द के भाग्यमै लिएर आएकी छैनौं त तिमीले ?

जब यो समयबाट अल्लि अघि बढेर जीवनलाई नजिकबाट लियाल्न यानेकी जीवनमा लुकामारी गर्न के थालेकी हुन्छे समाजको आँखामा फेरि एकपटक त्यही छोरी पर्न जान्छे, समाजका मान्छेलाई ऊ उसको घरमा हुर्किएको सहि नसक्नु पिँडा हुन्छ । परिवारलाई दवाव दिन थाल्छ्न्, मुला झै हलक्क बढेकी छोरीलाई धेरै माइतमा राख्नु हुन्न भनेर । बा–आमालाई पनि हतारो हुन्छ अर्काको घर जाने जात कोहि राम्रो केटो कुल घरानाको भए बिहे गरेर पठाइदिन्थे भन्ने सबै निर्णय परिवारको हुन्छ ।

५ रुपैयाँको सिन्दुरमा आफ्नो जीवन लिलाम गर्ने निर्णय गरिदिन्छे । अन्जानसँग विवाह भएर उसको घरमा जान्छे त्यसपछी विभिन्न संस्कारमा बाँधिन्छे । प्रत्येक स्वासमा अग्नि परीक्षा चलिरहेको हुन्छ नयाँ ठाउँ, नयाँ माहोल, नयाँ मान्छे, आफ्नो परिवार छोड्दाको पिँडा छाड्नुस न यो त आफ्नो ठाँउमा छँदैछ । जसोतसो गरेर घुलमिल हुन मात्र लगेकी के हुन्छे यता पनि परिवार अनि समाजले छाड्दैनन् उसलाई । बिहे भएको यतिका भयो खै त बच्चा ? सबले के के भन्न थालिसके भरसक त छोरा नै भैदिए राम्रो हुने बिचरा नारी कस्ले बुझिदिएको छ के तिमीमा के बितेको छ होला भन्ने ?

बा–आमाको छोरी, उफ ! तिम्रो कहालीलाग्दा जीवनका पाटाहरू छोट्करीमा म बोल्दैछु । न कहिल्यै देखेकि हुन्छे न भेटेकी नै, आफूले जीवन काट्ने मान्छेसँग परिवारको खुशीलाई ओझेल पर्न दिनुहुन्न भनि ५ रुपैयाँको सिन्दुरमा आफ्नो जीवन लिलाम गर्ने निर्णय गरिदिन्छे । अन्जानसँग विवाह भएर उसको घरमा जान्छे त्यसपछी विभिन्न संस्कारमा बाँधिन्छे । प्रत्येक स्वासमा अग्नि परीक्षा चलिरहेको हुन्छ नयाँ ठाउँ, नयाँ माहोल, नयाँ मान्छे, आफ्नो परिवार छोड्दाको पिँडा छाड्नुस न यो त आफ्नो ठाँउमा छँदैछ । जसोतसो गरेर घुलमिल हुन मात्र लगेकी के हुन्छे यता पनि परिवार अनि समाजले छाड्दैनन् उसलाई । बिहे भएको यतिका भयो खै त बच्चा ? सबले के के भन्न थालिसके भरसक त छोरा नै भैदिए राम्रो हुने बिचरा नारी कस्ले बुझिदिएको छ के तिमीमा के बितेको छ होला भन्ने ? तिम्रो भबिष्यको चिन्ता कस्ले गरी दिएको छ ? के तिमी अरुकै खुशीको लागी जन्म भएको हो त ? यहि दवाबले गर्दा ऊ सानै उमेरमा गर्भवती हुन्छे, शरीरमा आएको एक्कासीको परिवर्तनले गाह्रो भएको हुन्छ । महिनौसम्म खान मन नलाग्ने शरीर, गल्ने पेटमा हुर्केको बच्चाको अनुभव लिँदै परिस्थितिलाई घन्टौंको प्रसव पिँडापछि आफूलाई सम्हाल्दै आमा बन्छे । फेरि अर्को जीवन जिउनलाई प्रतिवद्धता जाहेर गर्छे नयाँ कुराको अनुभव कसरी दूध चुसाउने ? स्याहारसुसार कसरी गर्ने ?

प्रेम हुँदा मात्र हो ऊ पुतली जव प्रेमिकाबाट श्रीमती हुन्छे नि अनि जीवनमा रामलिला सुरु हुन्छ छोरी न घर कि न माइतकी हुन्छे । अरु कुरा छोडौं न सात जुनिसंगै जिउने बाचा गरेको मान्छेबाट नै उसले धोका खाइ सकेकी हुन्छे । श्रीमान अरुसँग मस्त हुन्छ घरको श्रीमती उसलाई बाधक हुन्छ ।

एउटा बच्चाले अर्को बच्चाको पालनपोषण गर्ने चुनौतीलाई पनि आत्मसात गरेर अगाडि बढ्छे बच्चा जन्मेपछि कसरी सानो मान्छेलाई राम्रो गरी राख्न सक्छु भनेर उसले बच्चा काखमा च्यापी जागिर खोज्न हिँड्छे । बुझ्ने नारीलाई बहादुरी नारी भनेर सम्मान गर्छन् नबुझ्नेले जान्ने बुझ्ने भकी पोथी बासेको ठिक हुन्न भन्छन् । सबै हजुरको दिमागले सोच्ने कुरा हुन यिनी ! यहाँ निर कुरा आउला आजकालका छोरीकाबाट अरुको कुरा सुन्छन् र कहाँ पहिलाको समय हो भनेर सुन्नुस् । जो छोरीले प्रेमबिवाह गरेकी छिन् नि सोध्नुस् उसलाई । उसको जीवन कहानी पनि यो भन्दा कम छैन त्यहाँ पनि छोरीले चयनको सास फेर्न सकेकी छैन । प्रेम हुँदा मात्र हो ऊ पुतली जव प्रेमिकाबाट श्रीमती हुन्छे नि अनि जीवनमा रामलिला सुरु हुन्छ छोरी न घर कि न माइतकी हुन्छे । अरु कुरा छोडौं न सात जुनिसंगै जिउने बाचा गरेको मान्छेबाट नै उसले धोका खाइ सकेकी हुन्छे । श्रीमान अरुसँग मस्त हुन्छ घरको श्रीमती उसलाई बाधक हुन्छ ।

सपना उसको त्यो श्रीमती छाडेर अर्कै रंगिन संसारमा रमाउने हुन्छ, जुन मान्छे हिजो तपाईँ छोरी प्रेमिका हुँदा उसको लागि लक्की चार्म आज तगारो बनेकी हुन्छे । विश्वास कसैको छैन न परिवारको न आफ्नो मान्छेको । जुन नारीले जीवनलाई नजिकबाट बुझेकी छ सबैका गल्तीहरूलाई क्षमा दिई सबैलाई अपनाएकी छ नि उसलाई अब हजुरले कदापी परिवर्तन गर्न सक्नु हुने छैन । तपाईँको गुलाम बनाउन सक्नु हुने छैन । ऊ कदापी हजुरको पुच्छर बन्ने छैन । अब आफ्नो हक अधिकारको बारेमा उसलाई कहाँ कसरी बोल्न पर्छ राम्रोसँग थाहा छ । उसले धोका, माया, घृणा, पीँडा, राप, ताप सहेर समयसँग लड्न मज्जाले जानेकी छ । अबका आउने परिस्थितिसँग लड्न रत्तिभर डर छैन । जीवन के हो कसरी जीवनमा मुकाबिला गर्दै अघि बढनु पर्छ र अब आउँदा दिनमा उसले आफूले झैं पीँडा भोग्न नदिने प्रण गरेकी छ । अन्तिमसम्म पनि पलपलमा परीक्षा दिइराख्नु पर्ने र बिक्षिप्तताको जीवन छोरीको हुने हो भने मेरो कोखमा छोरीको बास सम्भब छैन ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको