५ कार्तिक २०७८, शुक्रबार

मेरो माधव नेपाल नेतृत्वको एमाले समाजवादीलाई सहयोग हुन्छः बामदेव गौतम



३ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले ओली पक्षमा लागेर केही नहुने बताएका छन् । पार्टी एकता अभियानको जुम मिटिङलाई सम्बोधन गर्दै नेता गौतमले बिहीबार नेकपा (एमाले)का अध्यक्ष ओलीसँग लागेर केही नहुने बताएका हुन् ।

नेता गौतमले अब माधव नेपाल नेतृत्वको नेकपा एमाले समाजवादी पार्टीलाई सहयोग गर्ने बताए । ‘ओलीको पक्षमा लागेर केही गर्न सकिदैन,’ उनले भने, ‘अब हामीले विद्रोहबाट अर्को पक्षभन्दा शक्ति आर्जन गरेर पार्टी एकतामा जोड दिन्छौं ।’

पार्टी एकता अभियानलाई तीव्र बनाउँदै नेपाल नेतृत्वको एमाले समाजवादी पार्टीलाई सहयोग गर्ने उनले बताएका हुन् । उनले केपी ओलीको पक्षमा लागेर अब पार्टीका लागि केही गर्न नसकिने उनको भनाइ छ ।

उनले नेपालसँग पार्टी एकताको जिम्मेवारी आफूलाई दिन आग्रह गर्ने बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको