५ कार्तिक २०७८, शुक्रबार

वार्ता टोली बनाउन बेलायत सहमत, भूपू गोर्खाहरुको अनसन तोडियो



३ भदौ, काठमाडौं । बेलायत सरकार भूतपूर्व गोर्खा सैनिकका मागहरु सम्बोधन गर्न सहमत भएको छ ।

दुई देशको वार्ता टोली बनाएर माग सम्बोधन गर्न सहमत भएसँगै बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडि १३ दिनदेखि जारी भूपू गोर्खाहरुको आमरण अनसन स्थगित भएको छ ।

बेलायती रक्षामन्त्री लियो डोचर्डी र बेलायतस्थित नेपाली राजदूत लोकदर्शन रेग्मीले जुस पिलाएर ज्ञानराज राई, पुष्पा घले र धन गुरुङको अनसन तोडाएका छन् ।

त्यसअघि बेलायती रक्षामन्त्रीको प्रतिवद्धता पत्र पढेर सुनाइएको थियो, जसमा भूपू गोर्खाहरुको समस्या समाधानका लागि नेपाल र बेलायतको द्वीपक्षीय वार्ता टोली बनाउने, जसमा भूपू गोर्खाहरुको पनि प्रतिनिधि रहने उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको