५ कार्तिक २०७८, शुक्रबार

माधव नेपालको साथ ‘छाडेका’ नेताहरूद्वारा ओलीसँग १० बुँदे अक्षरश कार्यान्वयन गर्न माग



३ भदौ, काठमाडौं । पहिले माधवकुमार नेपाल समूहमा रहेता पनि हाल नेकपा एमाले समाजवादी पार्टीमा नगएका नेताहरूले एमाले अध्यक्ष केपी ओलीसँग १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न माग गरेका छन् ।

हिजोसम्म माधवकुमार नेपाल समूहमा रहेका स्थायी कमिटी सदस्यहरूबीच बिहीबार भएको छलफलमा नेताहरूले सहमतिको हुबहु कार्यान्वयनमा जोड दिएका हुन् । पार्टीलाई कसरी अगाडि बढाउने भन्ने कुरा २७ जेठमा भएको १० बुँदे सहमतिको माइन्यूटमा उल्लेख गरिएको छ । १० बुँदे सहमति पछि अध्यक्ष केपी शर्मा ओली पक्षले आफ्नो पक्ष मात्र बसेर सहमति अनुमोदन गरेकाले नेपाल समूह हालसम्म बैठकमा गएकै छैन ।

एक जना स्थायी कमिटी सदस्यका अनुसार १० बुँदे अक्षरशः कार्यान्वयन नहुँदासम्म बैठकमा नजाने सहमति भएको बताएका छन् । साथै १० बुँदेको अक्षरशः कार्यान्वयन भएर सबैलाई समेट्ने हुँदा अर्को पार्टी बनाउनुको औचित्य नहुने भन्दै एकतामा आउन माधवकुमार नेपाललाई समेत अपील गरेको ती नेताले जानकारी दिए । स्थायी कमिटीका नेताहरूले संयुक्त वक्तव्य नै जारी गर्ने तयारी गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको