३१ आश्विन २०७८, आईतवार

काठमाडौंमा ११ र १२ कक्षाका विद्यार्थीलाई कोरोना खोप लगाइँदै



३ भदौ, काठमाडौं । काठमाडौंमा कक्षा ११ र १२ का विद्यार्थीलाई कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाइने भएको छ ।

१८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीहरुलाई शुक्रबारदेखि खोप दिइने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले बताए ।

शुक्रबारदेखि नै काठमाडौंमा ४० वर्षमाथिका नागरिकलाई पनि भेरोसेल खोपको पहिलो डोज दिइने उनले बताए ।

खोप अभियान भदौ ४ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने स्वास्थ्य कार्यालय प्रमुख खड्काले सुचित गराएका छन् ।

खोप केन्द्रहरुः
– सशस्त्र प्रहरी अस्पताल, बलम्बु
– वीरेन्द्र सैनिक अस्पताल, छाउनी
– राधास्वामी आइसोलेसन सेन्टर, सामाखुसी
– नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज
– वीर अस्पताल, रत्नपार्क
– निजामति कर्मचारी अस्पताल, वानेश्वर
– परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पताल, थापाथली
– शिक्षण अस्पताल, महाराजगञ्ज– काठमाडौं महानगरपालिकाका ३२ वटा वडाहरु र आवश्यकता अनुसार पालिकाले तोकेको थप खोप केन्द्र
– अन्य नगरपालिकाको हकमा सोही पालिकाले तोकेको खोप
केन्द्र

सूचना हेर्नुहोस् :


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको