५ कार्तिक २०७८, शुक्रबार

राज्यमन्त्री श्रेष्ठले पौने ४ अर्बमा बेचे गोदावरीको २ सय रोपनी जग्गा



३ भदौं, काठमाडौं । नेपाल सरकारका स्वास्थ्य राज्यमन्त्रीसमेत रहेका व्यवसायी उमेश श्रेष्ठले गोदावरीको जग्गा बिक्रि गरेका छन् । उनले ललितपुरको गोदावरीमा रहेको झण्डै २ सय रोपनी जग्गा ३ अर्ब ७५ करोडमा मन्त्री हुनु अगाडी नै बेचेका हुन् ।

उनको फार्म हाउस सहितको उक्त जग्गा रियलस्टेट व्यवसायी ओमबहादुर घर्तीलाई विक्रि गरेका हुन् । श्रेष्ठले बिक्रि गरेको उक्त जग्गा खरिद गरेका रियलस्टेट व्यवसायी घर्तीले प्लटिङ सुरु गरिसकेका छन् ।

सुरुमा ७० रोपनी जग्गा प्लटिङ गर्ने र बाँकी दोस्रो चरणमा गर्ने घर्तीको योजना रहेको बुझिएको छ । बैशाख अन्तिममा उक्त जग्गा बेचेका श्रेष्ठ साउन पहिलो हप्ता स्वाथ्य राज्यमन्त्रीमा नियुक्त भएका थिए । व्यापारीलाई राज्यमन्त्रीमा नियुक्त गरेको भन्दै प्रधानमन्त्री शेर बहादुर देउवाको आलोचना समेत भइरहेको छ ।

रियलस्टेट व्यवसायीहरूका अनुसार एकैपटक एक जनाले व्यवसायिक प्रयोजनका लागि काठमाडौँ नजिकै २ सय रोपनी जग्गा बिक्रि गरेको सम्भवतः यो पहिलो घटना भएको हो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको