२ कार्तिक २०७८, मंगलवार

काँग्रेस नेता प्रदीप गिरीको स्वास्थ्यमा जटिल समस्या, मुम्बईमा उपचार हुँदै



३ भदौं, काठमाडौं ।नेपाली कांग्रेसका बैचारिक नेता प्रदीप गिरिको स्वास्थ्यमा समस्या देखिएको छ। केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि उनी उपचारका लागि भारतको मुम्बई पुगेका छन्।

अहिले मुम्बईस्थित हिन्दुजा अस्पतालमा गिरीको उपचार भइरहेको छ। उनलाई डाक्टर सुल्तान प्रधान नेतृत्वको चिकित्सक टिमले उपचार गरिरहेको छ। स्रोतकाअनुसार गिरिको घाँटीमा समस्या देखिएको छ।

मुम्बईमा उपचाररत गिरीलाई भेट्न कांग्रेस उपसभापति विमलेन्द्र निधि आज त्यसतर्फ जाँदैछन् । जनकपुरमा रहेका निधी आज मुम्बई गई शुक्रबार बिहान निधिले गिरिलाई भेट्नेछन्।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको