३ कार्तिक २०७८, बुधबार

आज प्रचण्ड, माधव र बाबुरामले एउटै मञ्चबाट सम्बोधन गर्दै



३ भदौं, काठमाडौं । आज नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा समाजवादी केन्द्र नेपालले आयोजना गर्न लागेको ‘एक्काइसौं शताब्दीको मार्क्सवाद र समाजवाद’ विषयक अन्तर्क्रिया कार्यक्रममा यी ३ जना शिर्ष नेताहरू सहभागी हुने भएका हुन् ।

उक्त अन्तरक्रियाको प्रमुख वक्ताको रूपमा प्रचण्ड रहेका छन् भने विशेष वक्ताको रूपमा नेपाल र भट्टराई रहेका छन् । उक्त कार्यक्रममा वामदेव घिमिरेद्वारा लिखित ‘कृषि र समाजवाद’ पुस्तकको विमोचन समेत हुने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको