५ कार्तिक २०७८, शुक्रबार

प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीच बालुवाटारमा भेटवार्ता



३ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच बिहीबार बिहान भेटवार्ता भएको प्रधानमन्त्री देउवाका निजी सचिव भानु देउवाले जानकारी दिएका छन् ।

देउवाका निजि सचिवका अनुसार भेटवार्ता जारी छ । सरकारले अध्यादेश ल्याएपछि नेपालले बुधबार नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए।

समसामयिक राजनीतिक घटनाक्रम र मन्त्रिपरिषद बिस्तारलगायत विषयमा कुराकानी भइरहेको स्रोतको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको