३ कार्तिक २०७८, बुधबार

प्रदीप नेपालले भने,-म माधव नेपालको मान्‍छे हुँ




३ भदौ, काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप नेपालले आफु माधव नेपालको मान्छे भएको बताएका छन् । सामाजिक संजाल फेसबुकमा नेपालले आफु माधव नेपालको मान्छे भएको बताएका हुन् ।

नेपालको नेतृत्वमा बुधबार दर्ता भएको नेकपा एमाले (समाजवादी) को केन्द्रीय कमिटीमा आफ्नो नाम राखेर किर्ते गरेको बताएका नेता नेपालले बिहीबार बिहान आफु नेपालको मान्छे भएको बताएका हुन् ।

उनले नेता नेपालको मान्छे भएको बताए पनि आफु ६ वर्षदेखि कमिटीबिहीन भएकाले अहिले आफ्‍नो कुनै कमिटी नभएको उल्लेख गरेका छन् । ‘म माधव नेपालको मान्छे हुँ’ उनले भनेका छन् ‘अहिले मेरो कुनै कमिटी छैन । छ वर्षदेखि म कमिटीबिहीन अवस्थामा छु ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको