३१ आश्विन २०७८, आईतवार

एमाले फुटेकै दिन अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त



२ भदौ, काठमाडौं । एमाले नेतृ अक्ष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएकी छन् ।

नेकपा एमालेबाट विभाजन भई माधवकुमार नेपालले बुधबार एमाले समाजवादी पार्टी दर्ता गरेकै दिन शाक्य बाग्मती प्रदेशको मुख्यमन्त्री चयन भएकी हुन् ।

माधव समूहकी सक्रिय नेतृ शाक्यलाई एमाले केपी ओली पक्षले बुधबार नै बाग्मती प्रदेशको संसदीय दलको नेता चुन्दै मुख्यमन्त्री बनाएको हो ।

मुख्यमन्त्रीको सपथ लिएसँगै उनले दुई मन्त्री नियुक्त गरेकी छन् । उनले सांसद केशव पाण्डेलाई आन्तरिक मामिला र कृष्णप्रसाद खनाललाई सामाजिक विकास मन्त्री नियुक्ति गरेकी हुन् ।

खनालको नाम एमाले समाजवादी पार्टीले केन्द्रीय सदस्य रहेको भनी राखिएको थियो । निर्वाचन आयोगमा दर्ता हुँदा आफ्नो नाम रहे पनि उनले आफू त्यो पार्टीमा नरहेको सामाजिक सञ्जालमार्फत जानकारी गराएका थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको