३ कार्तिक २०७८, बुधबार

जसपा पनि फुट्यो: महन्त ठाकुरले दर्ता गरे नयाँ पार्टी



२ भदौ, काठमाडौं । सरकारले पार्टी विभाजनसम्बन्धि अध्यादेश ल्याएसँगै जनता समाजवादी पार्टी पनि फुटेको छ । महन्थ ठाकुरले बुधबार निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका छन् ।

महन्त ठाकुर अध्यक्ष रहने गरी निर्वाचन आयोगमा ‘जनता समाजवादी पार्टी नेपाल लोकतान्त्रिक’ दर्ता गरिएको हो । उक्त पार्टीले चुनाव चिन्ह साइकल प्रस्ताव गरेको छ ।

आयोगले यसअघि जनता समाजवादी पार्टीको आधिकारिकता भने उपेन्द्र यादवलाई दिएको थियो । ठाकुर उक्त पार्टीको साधारण सदस्य मात्रै भएका थिए । त्यसअगाडि ठाकुर जसपा अध्यक्ष थिए ।

निर्वाचन आयोगमा पुगेका नेता राजेन्द्र महतोका अनुसार नयाँ दर्ता गरिएको जसपा लोकतान्त्रिकमा २४ सदस्यीय केन्द्रीय कार्यकारिणी हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको