२ कार्तिक २०७८, मंगलवार

प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधि नयाँ दलमा गए २१ दिनसम्म अमान्य




२ भदौ, काठमाडौं । राष्ट्रिपति विद्यादेवी भण्डारीले जारी गरेको नयाँ अध्यादेशअनुसार प्रदेशसभाका सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरूले तत्काल दल त्याग गरी नयाँ गठन भएको दलमा २१ दिनभित्र प्रवेश गरिए मान्य नहुने भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले दल विभाजनसम्बन्धि अध्यादेश संशोधन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो । त्यहीअनुसार राष्ट्रपतिले बुधबार उक्त अध्यादेश प्रमाणीकरण गरेकी छन् ।

नयाँ अध्यादेशमा भनिएको छ, “(२क) उपदफा (२) बमोजिम छुटै नयाँ दल गठन भएकोमा त्यस्तो दल गठन हुनुभन्दा तत्काल अघिको दलको तर्फबाट निर्वाचित प्रदेश सभा सदस्य वा स्थानायी तहका सदस्य नयाँ गठन भएको २१ दिनभित्र त्यस्तो नयाँ दलमा प्रवेश गरेमा त्यस्ता सदस्यले दल त्याग गरेको मानिने छैन ।”

राष्ट्रपति कार्यालयमा मंगलबार ढिलो पुगेकाले बुधबार मात्रै राष्ट्रपतिले प्रमाणीकरण गरेकी हुन् । राष्ट्रपतिबाट जारी भएको राजनीतिक दल सम्बन्धि ऐन २०७३ लाई संशोधन गरी यो ऐनको नाम राजनीतिक दलसम्बनिध ९दोस्रो संशोधन० अध्यादेश, २०७८ रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको