२ कार्तिक २०७८, मंगलवार

अन्तत एमाले विभाजनः माधव नेपालको नेतृत्वमा बन्यो नेकपा एमाले समाजवादी



२ भदौ, काठमाडौं । प्रमुख विपक्षी नेकपा (एमाले) औपचारिक रूपमा विभाजित भएको छ । माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नयाँ दल नेकपा एमाले समाजवादी बनाउने निर्णय गरेका हुन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेकी छन् । प्रमाणीकरण लगतै नेपाल समूह ‘नेकपा एमाले समाजवादी’ दर्ताका लागि निर्वाचन आयोगतर्फ गएका छन् ।

एक नेताका अनुसार ‘नेकपा एमाले समाजवादी’को संयोजकमा नेता नेपाल छन् भने ९५ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । चुनाव चिन्हमा खुला किताब प्रस्ताव गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको