२ कार्तिक २०७८, मंगलवार

अफगान युद्ध : यसकारण अमेरिकालाई महँगो सावित



 एजेन्सी । दुनियाँलाई चक्मा दिलाउँदै तालिवान विद्रोहीले अमेरिकी सेनाले अफगान भूमि छोड्न सुरु गरेको एक महिनाभित्रै अफगानिस्तान कब्जा गर्न सफल भएपछि त्यहाँ बाँकी रहेका अमेरिकी सेनाले देश छोड्ने क्रम जारी छ । अफगानिस्तानका तीन लाख सेनालाई खेद्दै विद्रोहीले आइतबार राजधानी काबुल नियन्त्रणमा लिएका थिए । तालिवानलाई निर्मूल गर्ने अभियानसाथ २० वर्षअघि अफगानिस्तान छिरेको अमेरिकाले युद्धका क्रममा ठूलो मूल्य चुकाउनुबाहेक अन्य कुनै उपलब्धि हात पार्न सकेन । बरु, अन्र्तराष्ट्रिय जगतमै उसले बदनाम कमाएको छ । सन् २००१ को सेप्टेम्बरदेखि हालसम्म अफगान युद्धमा अमेरिकाले २ दशमलब ६ ट्रिलियन डलर गुमाएको ब्राउन युनिर्भसिटीले अनुमान गरेको छ । यस हिसाबले सो रकम दैनिक रुपमा गणना गर्दा ३० करोड डलर खर्च हो । त्यस्तै, चार करोड जनसंख्याा भएको अफगानिस्तानमा प्रति व्यक्तिका नाममा गणना गर्दा ५० हजार डलर खर्च हो । अझै बृहत रुपमा भन्नुपर्दा अमेरिकाले युद्धमा खर्चेको रकम विश्वका धनाढ्य जेफ बेजोस, एलन मस्क, बिल गेट्स र अमेरिकाका अन्य ३० अर्बपतिको कूल सम्पत्ति बराबर हो ।


दुई दशक लामो अफगान युद्धमा अमेरिकाले २ दशमलब ६ ट्रिलियन डलर गुमाएको छ । सो रकम दैनिक रुपमा गणना गर्दा ३० करोड डलर खर्च हो । त्यस्तै, चार करोड जनसंख्या भएको अफगानिस्तानमा प्रति व्यक्तिका नाममा गणना गर्दा ५० हजार डलर खर्च हो । अझै बृहत रुपमा भन्नुपर्दा अमेरिकाले युद्धमा खर्चेको रकम विश्वका धनाढ्य जेफ बेजोस, एलन मस्क, बिल गेट्स र अमेरिकाका अन्य ३० अर्बपतिहरुको कूल सम्पत्ति बराबर हो ।

ठूलो मानवीय क्षति
मानवीय दृष्टिकोणले अफगान युद्धमा अमेरिकाले झन् ठूलो मूल्य चुकाएको छ । युद्धमा २५ सय अमेरिकी सेना र झन्डै चार हजार अमेरिकी ‘कन्ट्र्याक्टर’ले ज्यान गुमाएका छन् । युद्वमा २० हजार ६ सय ६६ घाइते भएको अमेरिकी रक्षा मन्त्रालयको तथ्यांकमा उल्लेख छ । युद्धमा घाइते र मृत्यु भएका  अमेरिकीको क्षतिपूर्तिबापत तीन सय अर्ब डलर खर्च गरिसकेको छ । 

अफगान युद्धमा सबैभन्दा ठूलो क्षति त्यहाँको सरकारी सुरक्षा फौजले बेहाेरेको छ । युद्धका कारण कम्तीमा ६९ हजार अफगान सुरक्षाकर्मी मारिएका छन् भने २७ लाख अफगानी देश छोड्न बाध्य छन् । तीमध्ये अधिकांश व्यक्ति इरान, पाकिस्तान र युरोपका विभिन्न मुलुकमा आश्रय लिइरहेका छन् । चार करोड जनसंख्या भएको अफगानिस्तानमा युद्धपछि ४० लाख मानिस आन्तरिक रुपमा विस्थापित भएका छन् ।

 अमेरिकाले तालिवानविरुद्धको हमलालाई तीव्र पार्नुका साथै अफगान सेनालाई विभिन्न सैन्य तालिम प्रदान गरेको थियो । २० वर्षे युद्धको चपेटामा सबैभन्दा बढी अफगान सर्वसाधारण परेका छन् । युद्धमा ४७ हजार सर्वसाधारणले ज्यान गुमाएका छन् । त्यस्तै, अफगान लडाकूतर्फ पनि ठूलो क्षति भएको छ । युद्धमा ५१ हजार लडाकूको ज्यान गएको ब्राउन युनिर्भसिटीको तथ्यांकमा उल्लेख छ । अमेरिकी युद्धले हजारौ मानिस अशक्त बनेका छन् भने लाखौ बालबालिका टुहुरा र अरु हजारौ महिला एकल बनेका छन् । युद्धले निम्ताएको शारीरिक र मानसिक पीडाले सर्वसाधारणको जीवनमा गम्भीर असर गरेको छ । 

अमेरिकाले पूर्णरुपमा अफगान मैदान खाली गरिसकेको छैन। अहिले पनि हजारौ अमेरिकी स्वदेश फर्किन दिन गनेर बसेका छन् । काबुल विमानस्थलमा खिचिएका भिडियो फुटेजमा त्यहाँ खटाइएका ६ हजार अमेरिकी फौजले धावनमार्गमा पेरिमिटर खडा गर्न सकेका छैनन् । एउटा विमानले ६ सय ४० यात्रु बोक्न सक्छ । अझै १० हजार अमेरिकी नागरिक स्वदेश फर्किन पालो पर्खेर बसेका छन्।

अमेरिकाले पूर्णरुपमा अफगान मैदान खाली गरिसकेको छैन। अहिले पनि हजारौ अमेरिकी स्वदेश फर्किन दिन गनेर बसेका छन् । काबुल विमानस्थलमा खिचिएका भिडियो फुटेजमा त्यहाँ खटाइएका ६ हजार अमेरिकी फौजले धावनमार्गमा पेरिमिटर खडा गर्न सकेका छैनन् । एउटा विमानले ६ सय ४० यात्रु बोक्न सक्छ । अझै १० हजार अमेरिकी नागरिक स्वदेश फर्किन पालो पर्खेर बसेका छन्। तालिवानबाट सम्भावित हमला हुन सक्ने भएकाले उनीहरु स्वदेश फर्किन आत्तुर छन् । अफगानिस्तानबाट अमेरिकी सेनाको पूर्ण रुपमा बर्हिगमन नहुँदासम्म यो खर्च अझै बढ्ने र यसको समग्र लेखाजोखा जो बाइडेन प्रशासनले गर्नेछ । 

स्वाभाविक रुपमा अफगान युद्धमा अमेरिकाले निकै ठूलो रकम खर्चेको छ । सन् २०५० सम्ममा उसले गरेको समग्र खर्च (२ दशमलब ६ ट्रिलियन डलर) को ब्याज मात्र ६ दशमलब ५ ट्रिलियन डलर पुग्ने अनुमान ब्राउन युनिर्भसिटीका अनुसन्धानकर्ताहरुले गरेका छन् । यो रकम अमेरिकाका हरेक नागरिकलाई वितरण गर्ने हो भने प्रति व्यक्तिले २० हजार डलर पाउँछन् । 


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको