२ कार्तिक २०७८, मंगलवार

सीतामाया बनिन् चेपाङ समुदायकै पहिलो डिग्री पास गर्ने महिला



१ भदौ, काठमाडौं । सीतामाया चेपाङ यस समुदायकै डिग्री सर्टिफिकेट हात पार्ने पहिलो महिला भएकी छन् । राप्ती नगरपालिका १३ की सीतामायाको घर पहाडी भूगोल राप्ती नगरको उच्च भाग वासवाङमा पर्दछ ।

सीतामायाले हालैमात्र समाजशास्त्र विषयमा स्नातकोत्तर ‘डिग्री’ पास गरेकी हुन् । उनले पाटन क्याम्पसबाट समाजशास्त्रमा डिग्री पास गरेकी हुन् । कक्षा ३ सम्म गाउँकै विद्यालय पढेकी सीतामाया त्यसपछि भने जोरपाटीस्थित खगेन्द्र नवजीवन विद्यालयमा पढ्न थालिन् ।

क्रिमसन कलेजबाट प्लस टु र कोटेश्वर क्याम्पसबाट स्नातक गरेकी उनलाई पढ्नका लागि सिकाऊ नामक गैरसरकारी संस्थाले सहयोग गरेको हो । आफ्नो जीवनमा शिक्षाको यो उपलब्धि हात लाग्नुमा बेल्जियमस्थित एक महिला नागरिक रहेको सीतामायाले बताइन् ।

आफू कक्षा ७ मा अध्ययनरत हुँदा ती महिलाको निधन भएपछि उनकै श्रीमान्ले स्नातकसम्म पढाउन सहयोग गरेका थिए । समाजशास्त्रमा डिग्री पढ्ने क्रममा भने आफैँले जागिर खाँदै खर्च जुटाउँदै पढेको बताइन ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको