२ कार्तिक २०७८, मंगलवार

डा. केसीका सबै माग सम्बोधन गर्ने प्रधानमन्त्री देउवाको प्रतिवद्धता



१ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले डा. गोविन्द केसीले राखेका माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको भेटका क्रममा प्रधानमन्त्री देउवाले उक्त प्रतिवद्धता जनाएका हुन् ।

प्रधानमन्त्री देउवासँग भएको वार्तामा सहमति भएपछि डा. केसीले अनसन स्थगन गर्ने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आफ्ना मागलाई सरकारी निकायबाट बेवास्ता गरिएको भन्दै डाक्टर केसी ३ गतेदेखि अनसन बस्ने तयारीमा थिए । मागलाई सम्बोधन गर्न प्रधानमन्त्रीले छलफल गर्न केसीलाई बालुवाटार बोलाएका थिए ।

यस्ता छन् प्रतिवद्धता

१. सार्वजनिक पदहरूमा नियुक्त गर्दा हुने स्वार्थको द्वन्द्व रोक्न कानुनी व्यवस्था गर्ने । स्वास्थ्य राज्यमन्त्रीको विषयलाई उपयुक्त समयमा सम्बोधन गर्ने ।

२. बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आन्दोलन टुंग्याउने क्रममा भएको सम्झौता कार्यान्वयन गर्ने तथा वैकुण्ठ अर्याल कार्यदलको प्रतिवेदन कार्यान्वयनका लागि तत्काल सिनेट बैठक बोलाउने ।

३. पदाधिकारी नियुक्तिको मापदण्ड निर्धारण गर्न बनेका कार्यदलहरूको प्रतिवेदनलाई कानुनी रूप दिन सम्बन्धित मन्त्रीको नियुक्ति हुनासाथ प्रक्रिया अघि बढाउने ।

४. प्रत्येक प्रदेशमा कम्तीमा एउटा मेडिकल पुर्याउनका लागि निर्माण कार्यलाई तीव्रता दिने । चिकित्सा शिक्षा ऐनमा संशोधन लगायत बाँकी मागहरू तथा यस अगाडि नेपाल सरकारले गरेका सबै सम्झौता कार्यान्वयन गर्ने ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको