५ कार्तिक २०७८, शुक्रबार

शोंकमा रहेका योगेशद्वारा दल विभाजनसम्बन्धी अध्यादेशको विरोध



१ भदौ, काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले राजनीतिक दल विभाजन गर्न सजिलो हुने गरी ल्याइएको अध्यादेशको विरोध गरेका छन् । उनले यसरी अध्यादेश जारी गर्नु मुलुकलाई घोर अस्थिरता र अराजकता तिर धकेलेर व्यवस्था र संविधानलाई धारासायी पार्ने शुनियोजित षड्यन्त्र भएको भनी विरोध गरेका हुन् ।

आमाको निधन भई शोंकमा रहेका नेता भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो कदम हिजो पनि गलत थियो, आज पनि गलत छ र भोली पनि गलत नै हुनेछ । विगतको फोहोरी राजनीतिक अभ्यासका दुस्परिणामबाट शिक्षा नलिनु र पुरानै गल्ती दोहोर्याउनु समकालिन नेतृत्वको घोर असफलता हो ।’ उनले प्रधानमन्त्री शेरबहादुर देउवाले यो अध्यादेश विनासर्त फिर्ता लिनु पर्ने बताएका छन् ।

भट्टराईले थप लेखेका छन्, ‘कमरेड केपी ओली र कमरेड माधव नेपालले मुलुक र भावि पुस्ताको भबिस्यलाई सम्झेर केही कदम पछि हटेर त्यागका साथ सम्झौंता गर्नु पर्दछ ।’

उनले आमाको दुःखद निधनको शोकमा बसिरहेको बेलामा कुनै राजनीतिक टिप्पणी गर्ने इच्छा नहुँदा नहुँदै पनि आजको संगिन दिनमा यत्ति टिप्पणी गरेकोमा अन्यथा नमानिदिनु होला भनेका छन्।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको