३१ आश्विन २०७८, आईतवार

नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न संसद सचिवालयमा पत्राचार



१ भदौ, काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको छ । देउवा सरकारले संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याए लगत्तै ओली पक्षले कारवाही प्रक्रिया अगाडि बढाएको हो ।

कारबाहीमा पर्ने सांसदहरूमा वरिष्ठ नेता नेपालसँगै मुकुन्द न्यौपाने, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरलाकुमारी यादव, कलिला खातुन, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरी रहेका छन् ।

वरिष्ठ नेता नेपाल सहित सांसदहरूलाई कारबाही गरेकाले पदमुक्त गर्न भन्दै एमालेले संसद सचिवालयमा पत्र पनि पठाएको छ । यसबारे सभामुख अग्निप्रसाद सापकोटाले निर्णय गर्नु पर्ने हुन्छ । यदि संसदको अधिवेशन चालु भएको अवस्थामा सभामुखले संसदमै पदमुक्त भएको जानकारी गराउने व्यवस्था छ भने संसद नभएको अवस्थामा सूचना टाँसेर पनि जानकारी गराउने व्यवस्था छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको