२ कार्तिक २०७८, मंगलवार

माधव नेपालद्वारा कम्युनिष्ट आन्दोलनलाई नयाँ सिराबाट अगाडि बढाउने उद्घोष



१ भाद्र, काठमाडौं । नेकपा (एमाले) का बरिष्ठ नेता माधवकुमार नेपालले अब कम्युनिष्ट पार्टीलाई पुनःगठन गरिने बताएका छन् । बरिष्ठ नेता नेपालले ६ वटा जनवर्गिय संगठनहरूले गरेको वृहत जुम भेलामा कुरा यस्तो कुरा बताएका हुन् ।

नेता नेपालले केपी ओलीको दक्षिणपन्थी अवसरवाद, व्यक्तिवाद, गुटवाद, निरंकुशतावादका विरुद्ध कम्युनिष्ट आन्दोलनलाई नयाँ सिराबाट अगाडि बढाउने उद्घोष गरेका छन् । उनले भने, ‘अब नेपालको समग्र कम्युनिष्ट आन्दोलनलाई नयाँ सिराबाट अगाडि बढाई समाजवादको झण्डालाई झुक्न दिइने छैन् । अग्रगमन, लोकतन्त्र र सामाजिक परिवर्तनको झण्डालाई झनैं उचाईँमा पर्याइनेछ ।’

नेता नेपाल भनेका छन्, ‘देशका अरु कम्युनिस्ट पार्टीहरूसँग तत्कालका लागि सहकार्य र दीर्घकालिन रूपमा एकता गर्दै अगि बढिनेछ । लोकतन्त्रको रक्षाका लागि लोकतान्त्रिक शक्तिहरूसँग पनि निरन्तर सहकार्य गरिनेछ ।’

जुम भेलाको अध्यक्षता गरेका पार्टीका केन्द्रीय सदस्य एवम् नेपाल किसान महासंघका महासचिव बलराम बास्कोटाले पार्टीलाई नयाँ ढंगले अगि बढाउन बामदेव गौतमले पनि प्रतिवद्धता जनाइसकेको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको