५ कार्तिक २०७८, शुक्रबार

माधव नेपालसहित १४ सांसदलाई कारबाही गर्ने एमालेको निर्णय (सूचीसहित)



१ भदौ, काठमाडौं । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्यायसँगै नेकपा एमालेले माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गरेको छ ।

एमाले कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार पार्टी विभाजन गर्ने तयारीमा रहेकाले माधव नेपालसहित १४ जनालाई पार्टीले कारबाही गरेको हो ।

एमाले सचेतक शान्ता चौधरीले १४ प्रतिनिधिसभा सदस्यलाई कारवाही गरी सांसदबाट पदमुक्त गर्न निर्णय संसदीय दलले गरेको भन्दै संसद सचिवालयलाई सूचना दिएको जानकारी दिइन् ।

यी हुन् कारवाहीमा पर्ने सांसदहरू

१. माधव नेपाल
२. जीवनराम श्रेष्ठ
३. मुकुन्द न्यौपाने
४. विरोध खतिवडा
५. कृष्णलाल महर्जन
६. भवानी खापुङ
७. मेटमणी चौधरी
८. रामकुमारी झाँक्री
९. कल्याणी खड्का
१०. लक्ष्मीकुमारी चौधरी
११. निरादेवी जैरु
१२. पुष्पाकुमारी कर्ण
१३. सरला यादव
१४. कलिला खातुन


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको