२ कार्तिक २०७८, मंगलवार

एमाले वरिष्ठ नेता नेपालसहित १४ सांसदलाई एमाले गर्यो कारवाही




१ भदौ काठमाडौं । एमालेले निर्वाचन आयोगमा पार्टीको केन्द्रीय कमिटी अद्यावधिकका लागि पत्र पठाएको छ । यसअघि दुई सय सात सदस्यीय केन्द्रीय कमिटीमा सदस्य थप गरी दुई सय ६० सदस्यीय बनाइएको आयोगलाई जानकारी पठाइएको हो ।

एमालेले पठाएको पत्रमा वरिष्ठ नेता माधवकुमार नेपालसहित उनी पक्षका धेरै नेताको नाम समावेश रहेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

तर, एमालेले मंगलबार नै नेता नेपालसहित १४ सांसदलाई पदमुक्त गरेको छ । एमाले केन्द्रीय कमिटीले गरेको सो निर्णय मंगलबार नै संसद् सचिवालयलाई जानकारी गराइएको तामाङले जानकारी दिए ।

संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई र सचेतक शान्ता चौधरीले संसद सचिवालयमा पुगेर कारबाहीको पत्र दर्ता गराएका थिए ।

यी हुन् कारबाहीमा परेका नेपाल समूहका सांसद

१.माधव नेपाल
२.विरोध खतिवडा
३.मेटमणी चौधरी
४.जीवनराम श्रेष्ठ
५.मुकुन्द न्यौपाने
६.कृष्णलाल महर्जन
७.रामकुमारी झाँक्री
८.कल्याणी खड्का
९.लक्ष्मीकुमारी चौधरी
१०.निरादेवी जैरु
११.पुष्पाकुमारी कर्ण
१२.सरला यादव
१३.कलिला खातुन
१४.भवानी खापुङ


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको