२ कार्तिक २०७८, मंगलवार

कसैले किन फैलाउछ अफवाह ? यस्तो छ मनोबैज्ञानिक कारण !


गोपाल ढकाल, मनोविद्
१ भाद्र २०७८, मंगलवार

सामाजिक सञ्जालको अहिलेको जमानामा सानो केहि कुरा हुने बितिकै एक कान, दुई कान हुँदै मैदान हुन बेर लाग्दैन । तर जनमानसमा फैलिने यस्ता कुराहरु सधै सत्य नै हुन्छन भन्ने हुदैन । यिनिहरु झुट्टा, उडन्ते, तथ्य र आधार नभएका, प्रमाणविहिन र मनगडन्ते पनि हुन सक्छन ।

अफवाह फैलिँदा यसबाट धनजनको ठूलो क्षति पनि हुनसक्छ । यसले समाजमा शान्ति र सद्भाव पनि खलबल्याउन सक्छ । अफवाहको कारणले पुग्ने मानसिक क्षति र असर झनै भयाभह र अनुमान गर्नै नसकिने पनि हुनसक्छ ।

अफवाह फैलिँदा समाजमा डर, त्रास, भय तथा अशान्तिको वातावरण सृजना हुन्छ । अफवाहले मानिसहरुमा मानसिक तनाब, डर (चिन्ताको समस्या, डिप्रेशन, मानसिक आघात, अनिन्द्राको समस्या जस्ता मानसिक रोग देखिन सक्छन् ।

कवि भुपि शेरचनले ‘नेपाल हल्लै हल्लाको देश हो’ भन्नुभएको छ । उहाँले भने झै हाम्रो समाजमा अफवाह छिट्टै नै फैलिने गर्छ ।

नेपालमा पनि कहिले बिबिसिले यसो भन्यो रे, कहिले फलानोले यसो भन्यो रे भनेर उसको हवला दिँदै भुईचालो जाने, हवाईजहाज दुर्घटना हुने, औषधिमा घातक जिबाणु भेटियो भन्ने जस्ता हल्लाहरु बेला बेला सुन्नमा आउने गरेका छन् ।

गत वर्षदेखि विश्व कोरोना महामारीसँग जुझिरहेको छ । विपत्तिको यस समयमा पनि विश्वभरि नै विभिन्न खालका अफवाहहरू फैलिए । नेपाल पनि यसबाट अछुतो रहन सकेन । कोरोनासँग सम्बन्धित कतिपय अफवाहहरू अहिले पनि फैलिइरहेका छन् । हालै मात्र कोरोना उपचारबारे अफवाह फैलाएको भन्दै भारतीय योग गुरु रामदेवविरुद्ध मुद्दा समेत परेको छ । कोरोनाको प्रकोप भन्दा पनि गलत सुचना र अफवाहले गर्दा मानिसहरूमा अत्याधिक डर, त्रास, भय बढाएको देखिन्छ ।

गत वर्षदेखि विश्व कोरोना महामारीसँग जुझिरहेको छ । विपत्तिको यस समयमा पनि विश्वभरि नै विभिन्न खालका अफवाहहरू फैलिए । नेपाल पनि यसबाट अछुतो रहन सकेन । कोरोनासँग सम्बन्धित कतिपय अफवाहहरू अहिले पनि फैलिइरहेका छन् ।

हालै मात्र कोरोना उपचारबारे अफवाह फैलाएको भन्दै भारतीय योग गुरु रामदेवविरुद्ध मुद्दा समेत परेको छ । कोरोनाको प्रकोप भन्दा पनि गलत सुचना र अफवाहले गर्दा मानिसहरूमा अत्याधिक डर, त्रास, भय बढाएको देखिन्छ ।

अफवाह फैलिनुमा कतिपय अबस्थामा संञ्चार माध्यमहरूले पनि भुमिका खेलेको देखिन्छ । नबुझिकन समाचार लेख्ने, समाचार ब्रेक गर्न हतार गर्ने जस्ता कार्यले अफवाह फैलिनुमा आगोमा घिउको काम गरिरहेको हुन्छ । कोहि व्यक्तिहरूले नजाँनिदो तरिकाले मेडियालाई नै प्रयोग गरेर समेत अफवाह फैलाईरहेका हुन्छन् ।

विपत्तिको वेला अफवाहको जोखिम

विपत्तिका बेला विभिन्न किसिमका अफवाहहरू फैलिने सम्भावना हुन्छ । विपत्तिको अन्त्य कहिले हुन्छ भन्ने निश्चित हुदैन । यस्तो अनिश्चितकालीन अबस्थामा धेरै किसिमका कड्कल बाजि तथा अफवाहरू फैलिने जोखिम बढेर जान्छ ।

यस्तो कठिन र अनिश्चितताको समयमा मान्छे अत्तालिएको हुन्छ । डर, त्रास, तनावको कारणले गर्दा उसको सोच्ने, निर्णय लिने, सुझबुझ गर्ने क्षमतामा पनि कमि आउछ ।

यस्तो बेला कसैले ‘कागले कान लग्यो’ भन्दा कान नछामी कागको पछि दौडने व्यवहार मान्छेले देखाउन पनि सक्छ । विपत्तिको समयमा प्राय सबैमा केही न केही डर, चिन्ता हुने गर्छ । आफ्नो डर चिन्तालाई लुकाउने र आफू निडर छु भन्ने देखाउनका लागि पनि व्यक्तिले गलत कुरा गरेर अफवाह फैलाउन सक्छ । अध्ययन अनुसार व्यक्ति जति बढि चिन्तित हुन्छ उसले अफवाह फैलाउने सम्भावना अरुभन्दा उति नै बढि हुन्छ ।

सधैजसो चर्चामा आइरहन चाहने ब्यक्तिहरू जस्तो कलाकार, राजनितीज्ञहरू विपत्तिको बेला ओझेलमा पर्न सक्छन् । त्यस्ता व्यक्तिहरूले पनि विपत्तिको बेला विभिन्न हदकण्डा प्रयोग गर्न सक्छन् ।

सामान्य ब्यक्तिको हकमा पनि अप्ठ््यारो परिस्थितिमा उसले अरुबाट बढि नै साथ, सहयोगको अपेक्षा गर्ने गर्छ । अरुको साथ, सहयोग र सहानुभूति पाउनैकय लागि कुरालाई बढाई–चढाई गर्ने गर्न सक्छन् ।

वास्तबमा किन फैलिन्छ त अफवाह ? कसैले किन अफवाह फैलाउन चाहन्छ ? यसको मनोवैज्ञानिक कारण के–के हुन सक्छन् ? यसैको बारेमा यहाँ चर्चा गरिन्छ ।

अफवाह फैलाउनुका कारणहरु यस्ता हुन सक्छन् ।

चर्चाको भोक

हिजो आज धेरैलाई चर्चा कमाउने, भाईरल हुने भोक जागेको छ । सामाजिक संजालले मान्छेको त्यो भोकलाई थप जगाइदिएको छ ।

मनोविज्ञानका हिसाबले पनि मान्छेहरू समाजमा आफ्नो चर्चा होस्, मान् सम्मान्, प्रतिष्ठा बढोस् भन्ने चाहन्छन् । कोहि पनि गुमनाम हुन चाहदैनन् । सामाजिक सञ्जालमा फोटो पोष्ट गर्दा होस् वा कुनै स्टाटस लेख्दा होस्, धेरै भन्दा धेरै लाईक, सेयर र कमेन्ट होस भन्ने सबैको चाहना हुन्छ । आफ्नो यहि चाहना पूरा गर्न, आफुलाई जान्ने, बुझ्ने देखाउन, आफू महत्त्वपूर्ण भएको भान पार्न, अरुको सामु आफू नोटिस हुन, आफ्नो पहिचान बढाउन, समाजमा आफ्नो प्रतिष्ठा बढाउने उदेश्य तथा अरुको ध्यान आफुतिर खिच्नका लागि पनि मान्छेले अफवाह फैलाउने वा फण्डा गर्ने गरेको देखिन्छ ।

ब्यक्तिगत फाईदा

केहि व्यक्तिहरूले अफवाहलाई आफ्नो विज्ञापनको माध्यम समेत बनाउने गरेको देखिन्छ । यस्ता ब्यक्तिहरू प्राय ठगि धन्दा चलाउने हुन्छन् । आफुलाई माता, गुरु, ज्योतिषि हुँ भन्नेहरू भुकम्प जाने, अनिष्ट हुने जस्ता हल्ला चलाउने गर्दछन् । उनीहरूको उदेश्य आफ्नो प्रचार गर्नु नै हुन्छ । साथै यस्तो डर त्रास देखाएर उनिहरूले मानिसहरूलाई आफ्नो पकडमा राख्न समेत खोजिरहेका हुन्छन् ।

अध्यानले देखाएअनुसार विपत्तिको समयमा मानिसहरूले तथ्यमा भन्दा अन्धविश्वास र परम्परागत कुरामा बढि बिस्बास गर्न थाल्दछन् । यस्तोबेला मानिसहरूले अलौकिक शक्तिमाथि बढि भर गर्ने गरेको देखिन्छ । यसकारण मानिसहरु माता, बाबा, गुरु, ज्योतिषीहरूले भनेको कुरालाई सजिलै अनुसरण गर्न थाल्छन् ।

कालो बजारी गर्ने ब्यापारीहरूले भने सामान लुकाउने, कृतिम अभाव सृजना गर्ने, मंहगो मुल्यमा सामान बेच्ने उदेश्यले पनि अफवाह फैलाउने गरेको पाइन्छ ।

हिजोआज कतिपय मिडियाहरूले भ्युज बढाउनका लागि ब्यक्तिगत फाइदालाई केन्द्रमा राखेर पनि गलत समचारलाई स्थान दिएको देखिन्छ ।

व्यक्तित्व बिकार

समाज विरोधि व्यक्तित्व बिकार भएका व्यक्तिहरु सदैव अरूलाई दुःख दिने र अरूको दुखमा आफू रमाउने खालका हुन्छन् । यस्ता ब्यक्तिहरू चाहिँदो नचाहिँदो हल्ला चलाउने, समाजको शान्ति सु–ब्यबस्थामा खलल पुर्याउने, हत्या, हिंसा र बलत्कार गर्न समेत पछि नपर्ने प्रवृत्तिका हुन्छन् । विपत्तीको समयमा यस्ता ब्यक्तिहरू अझ बढि सक्रिय हुने मौका पाउँछन् ।

आफुलाई जान्ने, बुझ्ने छु भन्ने देखाउन यस्ता व्यक्तिहरूले विभिन्न किसिमका तर्कहरू गर्छन् । यस्ता व्यक्तिहरु एकदमै चतुर र चलाख पनि हुने गर्दछन् । यस्तो किसिमको व्यक्तित्व बिकार भएका मानिसहरु हाम्रो समाजमा पनि धेरै हुन सक्छन् ।

रोचक कुरा त के छ भने यस्तो व्यक्तित्व बिकार भएका मानिसहरू पढे लेखेका, पदमा पुगेका, धेरैले मान्ने गरेका पनि हुन सक्छन् । यसकारण उनीहरूको कुरामा अविस्वास गरि हाल्न धेरैलाई गाह्रो पर्न पनि सक्छ । यस किसिमको व्यक्तित्व विकार भएका कतिपय व्यक्तिहरू धार्मिक गुरु, समाजसेवी, राजनितीज्ञ, पत्रकार आदिको भेषमा लुकेर बसेका पनि हुन सक्छन् ।

अशिक्षा तथा अन्धविश्वास

अज्ञानताका कारणले पनि अफवाह फैलिने गर्छ । समाज जति अशिक्षित र अन्धबिस्बासले जगडिएको छ त्यति नै चाडो अफवाहहरु फैलिने गर्छन् । अशिक्षाको कारणले विषयलाई तथ्यपरक तरिकाले बुझ्ने र निर्णय लिने क्षमतामा कमी आउँछ । अशिक्षि व्यक्तिहरू चाँडै अरूको कुरामा विस्वास गरिहाल्ने, लहैलहैमा लागिहाल्ने हुन सक्छन् ।

उनीहरुले आफुले सुनेको कुरा असत्य नै भएपनि सत्य नै हो भन्ने ठान्दछन् । साथै यो कुरा अरूका लागि पनि महत्त्वपूर्ण छ भन्ने सोची यसको प्रचार गर्न पट्टी लाग्दछन् ।

मानसिक रोग

मानसिक रोगीहरूका कारण पनि अफवाह फैलिरहेको हुन सक्छ । मेनिया (उन्माद) नामक मानसिक रोगको बिरामीले आफु शक्तिशाली भएको, जस्तो सुकै समस्या हल गर्न सक्ने क्षमता आफुसँग भएको जस्ता कुरा गर्ने गर्छन् । पहिले ठिकठाक भएको ब्यक्ति पछि एकाएक म गुरु हुँ, माता हुँ, ममा अलौकिक शक्ति छ भन्दै अव्यबहारिक, ठुलाठुला कुरा गर्ने, घमण्ड गर्ने ब्यक्तिहरू प्राय यसै रोगका बिरामी हुन्छन् ।

आफूलाई गुरु, माता बताउने, केहिले कोरोनाको औषधी आफुसँग भएको, कोरोना महामारीको समाधान आफूले गर्नसक्ने जस्ता अफवाह सामाजिक सञ्जालमार्फत् फैलाउने गरेको पनि देखिन्छ ।

मानसिक स्वास्थ्यका बारेमा अज्ञानता र अन्धविश्वासका कारण यस्ता खालका अफवाहलाई फैलाउन मानिसहरूले सहयोग गरिरहेको पनि देखिन्छ ।

सिजोफ्रेनिया अन्तर्गत पर्ने कडा मानसिक रोग (Grandiose delusion disorder) का विरामीहरूले आफुमा ठूलो शक्ति र क्षमता भएको ठान्दछन् । विश्व ब्रह्माण्डको सबै ज्ञान प्राप्त विद्वान र ट्यालेण्ट आफैलाई सम्झन्छन् । भुत र भविष्यका सबै कुरा बताउन सक्ने र संसारलाई चमत्कार गरेर देखाउन सक्ने क्षमता आफुसँग छ भन्ने मतिभ्रम यस्ता विरामीमा हुन्छ । यस्ता विरामीहरूको भ्रमपूर्ण कुरालाई अज्ञानताबस विस्बास गर्नाले पनि जनमानसमा अफवाह फैलिएको हुनसक्छ ।

सिजोफ्रेनिया अन्तर्गत पर्ने कडा मानसिक रोग (Grandiose delusion disorder) का विरामीहरूले आफुमा ठूलो शक्ति र क्षमता भएको ठान्दछन् । विश्व ब्रह्माण्डको सबै ज्ञान प्राप्त विद्वान र ट्यालेण्ट आफैलाई सम्झन्छन् । भुत र भविष्यका सबै कुरा बताउन सक्ने र संसारलाई चमत्कार गरेर देखाउन सक्ने क्षमता आफुसँग छ भन्ने मतिभ्रम यस्ता विरामीमा हुन्छ । यस्ता विरामीहरूको भ्रमपूर्ण कुरालाई अज्ञानताबस विस्बास गर्नाले पनि जनमानसमा अफवाह फैलिएको हुनसक्छ ।

यी र यस्ता अन्य कारणहरूले पनि अफवाह फलिरहेका हुन सक्छन् । कुनै कुराको बारेमा धारण बनाउनु अगाडि राम्रोसँग सोच बिचार गर्नु जरुरी हुन्छ । विषयविज्ञहरूको मात्र कुरा सुन्नुपर्छ । अफवाहको पछि लाग्दा अकल्पनीय दःुख पाईन सक्छ ।

नेपालको संविधानले प्रत्येक व्यक्तिलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता दिएको छ तर यसो भन्दैमा समाजलाई हानी नोक्सानी पुर्याउने र शान्ति सु–व्यबस्थामा खलल पुर्याउने कार्य गर्नु भने अपराध हो ।

नेपालको कानुनमा अफवाह फैलाउने, अनुचित प्रचार–प्रसार गर्ने व्यक्तिलाई दण्ड सजायको व्यवस्था गरिएको छ ।

(लेखक ढकाल मनोविद हुन । उनी मार्क नेपाल मनोसेवा केन्द्रमा कार्यरत छन ।)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको