३१ आश्विन २०७८, आईतवार

देउवाले पछ्याए ओली कै बाटोः तर, ओली भन्छन्– सरकारले अलोकतान्त्रिक काम गर्यो



१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति वर्तमान गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर थापाले पुर्ववर्ती सरकारका प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बाटो पछ्याएका छन् । एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुँदा संसद छलेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याएका थिए । त्यही बाटो प्रधानमन्त्री देउवाले संसद छलेर दल विभाजन सम्बन्धि अध्यादेश ल्याएका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष ओलीले संसद अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने काम निकृष्ट भएको बताएका छन् ।

मंगलबार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताको समस्या समाधान गर्नुपर्ने र कानुन बनाउनुपर्ने निकाय संसद जालझेल षड्यन्त्रपूर्वक ढंगबाट बन्द गरेर अध्यादेश ल्याउने काम निकृष्ट भएको बताएका हुन् ।

‘संसद छल्ने अध्यादेश ल्याउने, पार्टी फुटाउने कस्तो निकृष्टता र अलोकतान्त्रिक चेतना । सरकार जनताको समस्या समाधान गर्नेमा भन्दा पनि प्रतिपक्षलाई दमन गर्ने सोचमा छ । यो अध्यादेश सरकरले तुरुन्त फिर्ता गर्नुपर्छ र संसदको बैठक तीन दिनभित्र बोलाइनु पर्छ,’ उनले भने ।

अहिलेको गठबन्धन अलोकतान्त्रिक भएको एमाले अध्यक्ष ओलीको दाबी रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको