२ कार्तिक २०७८, मंगलवार

सरकारले ल्यायो दल विभाजन अध्यादेश, एमालेले सशक्त प्रतिवाद गर्ने



१ भदौं, काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सशक्त प्रतिवाद गर्ने भएको छ ।

मंगलबार च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटीको बैठकले सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको त्यसको सशक्त प्रतिवाद गर्ने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

‘सरकारको विभाजनकारी योजनाप्रति एमालेले सशक्त प्रतिरोध गर्छ । यसको परिणामप्रति सरकार नै जिम्मेवार हुनुपर्छ,’ प्रवक्ता ज्ञवालीले भने ।

सरकारले जनसरोकारका मुद्दा सम्बोधन गर्न छोडेर प्रतिपक्षी दलका पदलोलुप व्यक्तिहरूको स्वार्थपूर्तिका लागि अध्यादेश ल्याउन लागेको एमालेको ठहर छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको