४ कार्तिक २०७७, मंगलवार

धान फल्ने संसारकै उच्च ठाउँ छुमचौर

जुम्ला जिल्लाको पुरानो छुमचौर गाविस, अहिलेको पातारासी गाउँपालिका वडा नम्बर ३ को छुमचौर जिउलो (फाँट) धान खेति गरिने संसारकै अग्लो ठाउँ हो । तिलानदी र हुरी खोलाको पानी लाग्ने यो जिउलो समुद्र सतहबाट २८०० देखि ३०५० मिटर उचाइमा छ ।

यस वर्ष १ रोपनीभन्दा पनि कम खेतमा मात्र धान खेती गरिएको उक्त जिउलोमा १० वर्ष अघिसम्म ५०० रोपनीभन्दा बढिमा धान खेती गरिन्थ्यो । संसारमै सबैभन्दा बढी चिसो सहन सक्ने जुम्ली मार्सी धान लगाइने यो क्षेत्रमा अहिले मकै, कोदो र सिमी लगाउने गरिएको छ । यस्तो गौरवगाथा बोकेको छुमचौरले किन छोड्यो त धान खेती ?

केही बाहिरी र धेरै भित्री कार

नेपालको अन्य भागमा जस्तै यस भेगमा पनि किसानहरू कृषि कर्मबाट पलायन हुने क्रम निरन्तर बढिरहेको छ । यो जनश्रमको अभाव र अन्य आम्दानीको स्रोत बढ्दै जादा सजिलो खेतीको बाटो अपनाउँदैै जाने र अन्त्यमा कृषि कर्मबाट बाहिरिने प्रकृयाकै निरन्तरता हो ।

लागत बढ्यो उत्पादन बढेन

धानको उत्पादन र उत्पादनशिलता दुवै निरन्तर घट्नु र आम्दानीभन्दा लागत बढि हुनु नै यस क्षेत्रमा धान खेती गर्न छोड्नुको मुख्य कारण हो । हिजो आज मार्सी धान उसै त कम फल्छ, त्यसमाथि धानको ब्लाष्ट भन्ने रोग पनि लागेको छ । केही वर्षयता यस भेगमा पर्ने गरेको असिनाले धानबाली नोक्सान गर्ने गरेको छ । यिनै कुराहरूलाई निहुँ बनाएर धान रोप्न छोड्ने पनि कम छैनन् । यसो भन्ने स्थानीय किसानले आफ्नो खेतमा धान रोप्न छोडेर मकै लगाएकै पनि १० बर्ष पुगेको बताए ।

फरक फरक चासो

जुम्लामा दुई जातको मार्सी पाईन्छ, एउटा सेतो र अर्को कालो । तर दुवैको चामल भने रातो नै हुन्छ । जुम्ली मार्सी उच्च र चिसो ठाउँमा सजिलै हुने धान भनेर संसारभर परिचित छ । धानको वृद्धि र उत्पादनका लागि सौर्य प्रकाशको सघनता आवश्यक हुन्छ तर यस धानलाई यस्तो प्रकाशको फेरबदलले कमै प्रभाव पार्दछ । यी धानलाई उन्नत बनाउने खोजी कसैले गरेन । जुम्ली धानलाई उन्नत बनाउन छोडेर, जुम्लाका लागि कृषि अनुसन्धान परिषद्ले सिफारिस गरेको नयाँ धान चन्दननाथ किसानले मनै पराएनन् । दुखेसो पोख्छन कर्णाली खाद्य तथा कृषि सरोकारका अभियन्ता धनबहादुर गौतम ।

यार्चाः धानको अर्को विकल्प

यस क्षेत्रमा धान लगाउने बेला यार्चागुम्बा (किरा) टिप्ने बेला हुन्छ । छुमचौरमा धान खेती गर्न छोड्ने र यार्चा सङ्कलनको समय सिमा हेर्दा यो कुरा प्रष्टै हुन्छ । धान लगाएर फाइदै छैन । पहिला त चामल नपाउने भएकाले चाडबाडका लागि भएपनि धान लगाउनै पर्थ्यो । अहिले त बोरा घरमै आउँछ । अनि २०० किरा भेट्यो भने वर्षभरिलाई चामल पुगिहाल्छ । किन यस्तो अप्ठेरो खेती गर्ने ? धेरै गाउँलेहरू यसैमा सहमत छन् ।

धान : गोड्नै सकस

यस भेगमा धान गोड्ने काम महिलाहरू मात्र गर्दछन् । पुरूषले आफूहरूले धान गोड्न हुँदैन भन्ने मान्यता राख्छन् भने महिलाको अनुभवमा पुरुषहरू धान गोड्न नै जान्दैनन् । धान नगोड्ने तर मकै गोड्दै गरेका एकजना भाइलाई किन धान नगोडेर मकै गोडेको हो भनि सोध्दा उनले सजिलै भने, ‘धान गोड्ने आइमाईहरूले हो ।’ घरकी आइमाईले म त अव धान गोड्न सक्दिन भनी, अनि मकै रोपेको हो, जवाफ स्पष्ट थियो । हुनपनि जुम्ला खलङ्गादेखि छुमचौर पुगेर फर्किदासम्म बाटो वरिपरि खेत गोड्दै गरेका हजारौं महिलाहरू भेटिए । तर यो दुई दिनको यात्रामा एक जनामात्र पुरूषले काठको फल्याक (बिगारो)ले गोडिसकेको झार निकाल्न सघाएको देखियो । महिलाहरू अब धानमात्र गोडेर बस्न सहमत देखिदैनन् ।

खलङ्गा फर्केपछि थाहा भयो जिल्लाका गन्नेमान्ने हाकिमहरू असार १५ का दिन अनुगमनका लागि भन्दै छुमचौर जाँदै रहेछन् । उनीहरूले यो ठाँउमा गएर के गर्छन् त थाहा पाउन सकिएन तर यस्तो बिरासत बोकेको ठाउँले धान खेती चटक्कै छोडेको देखेर अलि मन खिन्न भयो । सम्झियौ, यो छुमचौर अरु देशमा भएको भए पर्या–पर्यटनको कस्तो नमुना बनाउँथे होला ? नेपालको समृद्धिको सपना बाँडेर नथाक्नेहरूको सुचीमा यो सवाल परेको छ कि छैन कुन्नी ? कसैलाई थाहा भए बताई दिनुहोला ।

(कर्णाली प्रदेश सरकार विज्ञ समुहका सदस्य डा. पौडेल नेपालका कृषि विज्ञ तथा अर्गानिक कृषि आन्दोलनका अभियन्ता हुन् । छुमचाैरकाे धानखेतीबारे अध्ययनका सिलसिलामा यो लेख तयार गरिएकाे हाे )

यो पनि पढ्नुहोस् :

प्रतिक्रिया दिनुहोस !

थप खबरहरु