२ कार्तिक २०७८, मंगलवार

एमाले वरिष्ठ नेता नेपालले जनवर्गीय संगठनलाई सम्बोधन गर्ने



१ भदौ, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफु निकट जनवर्गीय संगठनलाई सम्बोधन गर्ने भएका छन् । मंगलबार दिउँसो चार बजे भर्चुअल माध्यमबाट नेता नेपालले जनवर्गीय संगठनलाई सम्बोधन गर्न लागेका हुन् ।

‘जुम बैठकमार्फत नेता नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको अनेरास्ववियूका नेता सुदेश पराजुलीले जानकारी दिए ।

एमाले सांसद तथा नेपाल समूहका हार्डलाइनर नेता मेटमणि चौधरीले दिएको जानकारी अनुसार आगामी १ साताभित्र सम्पूर्ण प्रक्रिया पूरा गरेर सरकारमा सहभागी हुने तयारी नेपाल समूहले गरेको छ ।

एमाले विवाद सुल्झाउन बनेको कार्यदलले भने एकताका लागि जोड गरेको थियो । तर नेपाल ओलीले आफ्नो एकलौटी शैली नछाडेका कारण एकता संभव नहुने देखिएको नेपाल समूहका नेताहरूको बुझाइ छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको