२ कार्तिक २०७८, मंगलवार

बालुवाटारमा मन्त्रिपरिषद बैठक शुरु, दल विभाजनबारे अध्यादेश आउन सक्ने



१ भदौं, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी छ । केहीबेर अगाडि सुरु भएको मन्त्रिपरिषद बैठकमा सहभागी हुन मन्त्रीहरू बालुवाटार पुगिसकेका छन् । बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्नेबारे छलफल भइरहेको बताइएको छ ।

गृहमन्त्री बालकृष्ण खाण, अर्थमन्त्री जनार्दन शर्मा, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र ऊर्जामन्त्री पम्फा भुसाल बैठकमा उपस्थित भइसकेको छन् । सरकारले बजेट प्रतिस्थापन अध्यादेश पनि ल्याउने तयारी गरिरहेको छ । साथै पुनःस्थापित संसदमा पेस नभएका कारण निष्क्रिय भएका अध्यादेशहरू पनि जारी गर्नेबारे मन्त्रिपरिषदले निर्णय लिने बताइएको छ ।

सत्ता गठबन्धनमा सरिक भएका माधव नेपाल समूहलाई सजिलो पार्नेगरी अध्यादेश ल्याउन लागिएको भन्दै प्रतिपक्षी दल नेकपा एमालेले यसमा असन्तुष्टि व्यक्त गरेको छ। अध्यादेश आज साँझैसम्म ल्याउने तयारी भएको बालुवाटार स्रोतले बताएको छ । अध्यादेश जारी भएसँगै बाँकी प्रक्रिया पूरा गरेर सरकारमा १ हप्ताभित्र सहभागी हुने नेपाल समूहले बताएको छ ।

उता एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक पनि बस्दैछ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको