३ कार्तिक २०७८, बुधबार

सोमबार थप ३४५१ जनामा कोरोना संक्रमण पुष्टि



३२ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सोमबार १५ हजार ६११ जनामा कोरोना परीक्षण गर्दा उल्लिखित संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै विभिन्न अस्पताल र होम आइसोलेशनमा उपचाररत २ हजार ४५८ जना कोरोना संक्रमण मुक्त भएका छन् । हालसम्म नेपालमा ६ लाख ८५ हजार १४० जना कोरोना मुक्त भएका छन् ।

आज ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १० हजार ३२७ पुगेको छ ।

आज काठमाडौं उपत्यकामा मात्रै ९६१ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ६७७, भक्तपुरमा ११७ र ललितपुरमा १६७ संक्रमित थपिएका मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको