नागरिकहरुलाई दुःख नदिन तालिवानीको आफ्ना लडाकुलाई आग्रह
एजेन्सी । अफगानिस्तानको राजधानी काबुलकी एक छात्राले आयशा खर्रमले ट्विट गर्दै तालिवानको प्रशंसा गरेकी छन् ।
आयशाले सोमबार ट्विट गर्दै लेखेकी छन्, ‘सोमबार विहान मेरो घर अगाडि चिच्याएको, कराएको आवाज आइरहेको थियो । साथै गोलीको आवाज पनि आइरहेको थियो । त्यसपछि म बिउझिँए ।’
उनले अगाडि लेखेकी छिन्, ‘आफूलाई मुजाहिदीन भन्ने केही लडाकुहरु घर–घरमा छिरेर मानिसहरुको सामान र कार लुटिरहेका रहेछन् । तर, उनीहरु तालिवानी अधिकारीहरु आएको खबर सुन्नेवित्तिकै भागे ।’
काबुल कब्जा गरेपछि तालिवानले फेरि आफ्ना लडाकुहरुलाई सर्वसाधारणमाथि ज्यादती नगर्न अनुरोध गरेको छ ।
अफगानिस्तानको सत्ता हातमा लिएपछि तालिवान पहिलेभन्दा उदार देखिएको छ ।
तालिवानका प्रवक्ता मोहम्मद सुहैल शाहीनले ट्विट गर्दै भनेका छन्, ‘तालिवानले एक पटक फेरि मुजाहिदीनहरुलाई अनुमतिबिना कसैको घरको भित्र नपस्न आदेश दिएको छ । मुजाहिदीनहरुको जिम्मेवारी सर्वसाधारणको जीवन, सम्पत्ति र उनीहरुको सामानको रक्षा गर्नु हो ।’