३१ आश्विन २०७८, आईतवार

पवनदीप बने १२ औँ इन्डियन आइडल विजेता, २५ लाख नगदसहित मारूती कार पुरस्कार



३२ साउन, काठमाडौं । भारतकै सर्वश्रेष्ठ फ्रेन्चाइज रियालीटी गायन प्रतिस्पर्धा इन्डियन आइडल–१२ को उपाधी पनवदीप राजनले जितेका छन् । आइतबार अपरान्ह एक भव्य समारोहका बिच विलक्षण गायन प्रतिभाका धनी पवनदीपलाई इन्डियन आइडल विजेता घोषणा गरिएको हो ।

पवनदीपले १२ औँ इन्डियन आइडलको आकर्षक ट्रफी र २५ लाख नगदसहित सुविधासम्पन्न मारुती कार पुरस्कार पाएका छन् । त्यस्तै अरुणीता कांजिलाल १२ औँ इन्डियन आइडलको उपविजेता बनेकी छन् भने सायली कांबले तेस्रो स्थान ओगटेकी छन् ।

इन्डियन आइडलको सुरुवातदेखि नै आकर्षण केन्द्र बनेका उत्तराखण्डका पवनदिप गायक मात्र हैन कुशल वाद्यबादक पनि हुन् । उनले आइडलको स्टेजमा विभिन्न बाजाहरू आफै अजाएर दर्जनौँ प्रस्तुती दिएका थिए । अडिशनमा आफै पियानो बजाएर गाएका उनले अन्य राउण्डमा कहिले गिटार, केहिले ड्रम कहिले, कहिले तबला, कहिले ढोलक त कहिले हार्मुनियम बजाएर गाए ।

आइडलको एक राउण्मा डिस्को कीङ भनेर चिनिने भारतका महसुर गायक/संगीतकार बप्पी लहरी विशिष्ट अतितिथका रूपमा आएका थिए । पवनदिपले हामुर्नियम बजाएर आफ्नो गीत गाएपछि लहरीले सुनको सिक्री उपहार दिएका थिए । उनले भनका थिए, ‘मैले आफ्नो साँगितिक करिअरमै हरेक बाजा बजाएर यसरी गीत गाउन सक्ने कलाकार देखेको छैन ।’

आइडलका निर्णायक, अतिथीदेखि आम दर्शकबाट उच्च प्रशंसा र माया पाएका पवनले अन्ततः आइडलको ट्रफी नै उचालेका छन् । भारतले फेरी एक दुर्लभ क्षमताले भरिपूर्ण बहुप्रतिभाशादी कलाकार पाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको