३१ आश्विन २०७८, आईतवार

जुम्लाको कालीमार्सी धानः ‘प्याटेन्ट राइट’का लागि सिफारिस




३१ साउन, जुम्ला । संसारको सबैभन्दा उच्च भागमा फल्ने कालीमार्सी धान अहिलेसम्म सूचीकृत हुनसकेको छैन । समुद्री सतहदेखि २८५० मिटर उचाइको भूमि जुम्लामा मात्र फल्ने धान सूचीकृत नहुनु विडम्बना मानिएको छ ।

मानव स्वास्थ्यका लागि निकै लाभदायक मानिने यो अन्नबाली केही समययतादेखि नेपाली बजारको आकर्षण पनि बनेको छ । तत्कालीन राजामहाराजाहरूले खाने र उच्चकोटिको अन्नका रूपमा हेरिने कालीमार्सीलाई अहिले विशेष महत्वको रूपमा लिने गरिन्छ । मूल्यका हिसाबले हुनेखाने र उत्पादक किसानबाहेक सजिलै यो चामल सामान्य वर्गको पहुँचमा त्यति हुँदैन । अहिले पनि शक्तिशाली र उच्च ओहोदाका व्यक्तिहरूको खुराक बन्ने गरेको छ कालीमार्सी ।

बाहिरी जिल्लामा कालीमार्सी विशिष्ट व्यक्तिहरूको प्रमुख परिकार बन्ने गरेको पाइन्छ । यो मार्सी अर्गानिक हिमाली उत्पादनका रूपमा पनि परिचित छ । यसको मूल्य जुम्ला बजारमा एक सय ७० रुपैयाँ पर्छ । यो अरु चामलभन्दा भने महँगो छ । कालीमार्सीको खाना, त्यसको स्वाद, प्राप्त हुने पौष्टिक तत्व र ऐतिहासिक वर्णनले सामाजिक सञ्जाल रंगिन थालेका छन् । अधिकतम गुणात्मक महत्व बोकेको जुम्लीमार्सीलाई भने मुलुककै जेठो धानबालीका रूपमा ठानिँदै आएको छ । अर्कोतर्फ विश्वको सर्वाधिक उचाइमा धान फल्ने स्थानका रूपमा जुम्लाको पातारासी गाउँपालिकाको छुमचौर ज्युलो कालीमार्सी धान भने निकै प्रख्यात छ ।

नेपाल कृषि अनुसन्धान परिषद्, खाद्य अनुसन्धान विभाग, खुमलटार (२०२०) को तथ्यांकअनुसार जुम्ली मार्सी धान र अन्य रैथाने तथा उन्नत जातका धान ९खुमल–४० सँगको तत्वहरूसँग तुलना गर्दा प्रोटिन, पोलिफिनोल, एन्टिअक्सिडेन्ट र फ्ल्यावोन्वाइड कालीमार्सीमा धेरै मात्रमा पाइने गर्दछ । अन्य धानभन्दा जुम्लीमार्सीमा फाइबर पनि बढी पाइने भएकाले स्वास्थ्यका हिसाबले अधिकतम उपयोगी मानिन्छ ।

कृषि अनुसन्धान केन्द्र विजयनगर जुम्लाले मार्सीधान दर्ताका लागि सिफारिस गरेको बताएको छ । कालीमार्सी धानमा प्रोटिन र सूक्ष्म तत्वहरू ९आइरन, फोस्फरस०, पोलिफिनोल र एन्टिअक्सिडेन्ट धेरै मात्रमा पाइने गरेको कृषि अनुसन्धान केनद्र जुम्लाका प्राविधिक अधिकृत हरिनारायण मण्डलले बताए । ‘जुम्ली मार्सीमा पाइने पोलिफेनोल र फ्ल्यावोन्वाइडले मानव तन्तुलाई सक्रिय बनाउँछ, यसैले यो धानले मानव तन्तुलाई नष्ट हुनबाट जोगाउँछ,’ उनले भने ।

जुम्लामा अनुसन्धान भइरहेको बाली

कृषि अनुसन्धान केन्द्र जुम्लाका अनुसार बर्खे बाली चिनो, कागुन्नो, फापर, मकै, कोदो, मार्सीधान, गहत र सिमी अनुसन्धान भइरहेको छ । हिउँदेबाली जौ, गहुँ, मसुरो, चौली, जौ अनुसन्धान हुने गरेको छ । प्राविधिक अधिकृत मण्डलका अनुसार चन्दननाथ १, ३ र लेकाली १ र ३ हजार ४८, १ के ३,७,९ र जुम्ली मार्सीधान यसपटक सिफारिस गरिएको हो । त्यस्तै, सिमी केबि एल १,२,३ सिफारिस गरिएको छ ।

‘कृषि अनुसन्धान केन्द्र जुम्लामा सम्बन्धित बाली विज्ञ छैनन् । अनुसन्धानका लागि चाहिने आवश्यक जग्गा पनि छैन । कृषि अनुसन्धान केन्द्रसँग १।२ हेक्टर मात्रै अनुसन्धानका लागि बाली उत्पादन गर्ने जग्गा छ । एक हेक्टरमा कृषि अनुसन्धान केन्द्रका क्वार्टरहरू निर्माण भएका छन्,’ मण्डलले भने । उनका अनुसार कृषि अनुसन्धान केन्द्रलाई २० देखि २५ हेक्टर सम्म जग्गा आवश्यक पर्छ ।

कालीमार्सी धानको सामाजिक मात्र होइन, सांस्कृतिक, धार्मिक महत्व र उपयोग पनि त्यत्तिकै छ । यसलाई गुरु चन्दननाथ बाबाले बीजारोपण गरेको उच्चकोटिको धानबालीका रूपमा चिनिन्छ । चन्दननाथ बाबाको तत्कालीन तपस्या ९आजको अनुसन्धान० बाट यसको प्रतिपादन भएको संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्य बताउँछन् । केहीले भने इतिहासलाई तोडमोड गरेर कालीमार्सी धान भारतको काश्मीरबाट ल्याएको दाबी गरेका छन् । ‘यो नितान्त गलत हो,’ आचार्यले भने, ‘गुरु चन्दननाथ बाबाको आफ्नै तपस्या र खोजबाट यसको जुम्लामै उत्पादन भएको हो ।’

इतिहासकार राजाराम सुवेदीले ‘जुम्लाको मध्यकालीन इतिहास’ मा चन्दननाथ बाबाले १४५० सालतिर जुम्ला राज्य खडा गर्दा तत्कालीन राजा बलिराज शाहीलाई यही कालीमार्सी धानको चामलले राजतीलक ९टीका लगाएको० उल्लेख गरिएको उनले बताए । ‘साके संवत् १५१५ मा हरिदास भन्ने विद्वानले लेखेको ५० श्लोकको ‘सिद्ध पञ्चाशती’ मा पनि कालीमार्सी धान जुम्लामा उत्पादन भएको उल्लेख छ । किंवदन्तीअनुसार पछि गुरु चन्दननाथ बाबाको उपदेश लिएर लक्षालकृति पैकलाले तातोपानीको गुरु फोक्टोबाट कालीमार्सी धानको सुरुआत गरिएको र त्यो पछि साबिकको कर्णालीका अन्य जिल्लामा पनि फैलिएको भन्ने कथन ऐतिहासिक लेखहरूमा पाइन्छ,’ सुवेदीले भने ।

यसको उत्पत्ति करिब ५५० वर्षपहिले भएको जनाउँदै संस्कृतिसम्बन्धी जानकार आचार्यले ऐतिहासिक, धार्मिक, सांस्कृतिक, सामाजिक र भौगोलिक परिचय बोकेको साथै उत्पत्तिको लामो कालखण्ड पार गरेको अतिमहत्व एवं गरिमाको कालीमार्सी धानको स्वामित्वको अधिकार ९प्याटेन्ट राइट० आजसम्म पनि कायम हुन नसक्नु दुःखद भएको टिप्पणी गरे । जुम्ली कालीमार्सी धानको ‘प्याटेन्ट राइट’ सुनिश्चित गर्ने उद्देश्यले पछिल्लो समयमा कृषि अनुसन्धान केन्द्र ९नार्क० विजयनगर जुम्लाले सिफारिसका लागि कार्य अगाडि बढाएको छ । यसलाई बीउबिजन गुणस्तर तथा नियन्त्रण केन्द्र काठमाडौँले सूचीकृत गर्ने भएको छ । सूचीकृत नभएकै कारण अहिलेसम्म जुम्लाले कालीमार्सी धानमा आफ्नो स्वामित्वको अधिकार ९प्याटेन्ट राइट० कायम राख्न सकेको छैन । ‘कालीमार्सीको उत्पत्ति जुम्लामै भएको दाबी गर्दै यसको ‘प्याटेन्ट राइट’ लिन सरोकारवालाले जतिसक्दो छिटो पहल गर्नुपर्ने हो, तर त्यो भएको पाइन,’ आचार्यले भने । कोभिड–१९ का कारण प्रस्तावना पेस गर्न ढिलाइ भएको अनुसन्धान केन्द्रले बताएको छ ।

केबिएल १ र ३ जातको सिमी पनि नियन्त्रण केन्द्रमा दर्ताका लागि सिफारिस गरिएको अनुसन्धान केन्द्र विजयनगर जुम्लाले जनाएको छ । जुम्लामा १२ जातका सिमी परीक्षण गरिरहेको छ । सिमीको ‘प्याटेन्ट राइट’का लागि पनि प्रस्ताव अगाडि बढाउन थालिएको छ । जुम्लामा केबिएल १,२,३, पिबि००–१ र पिबि००–४८ को धान उत्पादन भइरहेको छ । ब्लास्ट रोग नलाग्ने चन्दननाथ–१ कालो धान बढी उत्पादन हुन्छ । लेकाली–१ र ३ धान पनि उत्पादन भइरहेको छ । पछिल्लो समय जुम्लामा रैथाने अन्नबाली उत्पादनका लागि सबै स्थानीय तहले महत्व दिन थालेका छन् । जलवायु परिवर्तन र पछिल्लो समयमा ब्युटाकलरलगायत विभिन्न विषादीको प्रयोगले यसको अस्तित्व संकटमा पर्न थालेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको