३१ आश्विन २०७८, आईतवार

जोगिन्दर’ उर्फ पान पसले



३१ साउन, काठमाडौं । जोगिन्दरको उपनामले परिचित शिव शंकर रिजालले हिमालय टेलिभिजन कार्यक्रम गर्न थालेको लामो समय भइसकेको छ । ‘जोगिन्दर बोले प्रणामजी’ को पहिलो एपिसोडमै तत्कालिन उर्जा मन्त्री प्रकाशशरण महतलाई गेस्ट बनाएर मैनबत्ती बालेर कार्यक्रम गरेपछि उनि प्रस्तोताको रुपमा स्थापित नै भए । त्यसयता उनले जोगिन्दरको क्यारेक्टरमा रहेर कार्यक्रम गर्दै आएका छन् । ‘पान पसले’को रुपमा प्रस्तुत हुने उनले आफ्नो क्यारेक्टरलाई मधेशको प्रतिनिधिको रुपमा अगाडि ल्याएका छन् । जोगिन्दरको उपनामले चर्चामा आएका शिव शंकरलाई त्यो नाम र क्यारेक्टर एक सर्ट फिल्मले दिएको हो । ‘मलाइ लिएर आशिफ शाहले एउटा सर्ट फिल्म बनाउनु भएको थियो । जहाँ म पान पसलेको रुपमा प्रस्तुत थिए । त्यहिँबाट मैले यो क्यारेक्टरलाई बोकेको हुँ’ जोगिन्दरले भने ।

अमेरिकी दूतावासको एक प्रतियोगिताको लागि बनाइएको उक्त सर्टफिल्म विजेता बनेसंगै ‘जोगिन्दर’ क्यारेक्टरको चर्चा भयो । त्यसैले गर्दा उनले जोगिन्दरलाई अगाडि बढाउने सोच बनाए । ‘मैले क्यारेक्टरलाई कसरि जीवित राख्ने सोच्दै थिए र त्यहिँ समयमा हिमालयन टिभी सुरु भयो । मैले नारायण पुरी दाईसंग सल्लाह गरेर कार्यक्रम सुरु गरे’ उनले भने । उनलाई केहि स्थानमा पान पसलेसम्म भन्ने गरेका छन् । यस्तो सुन्दा उनि क्यारेक्टरले पाएको मायाले खुसि हुन्छन् । ‘हाम्रो कार्यक्रमले मधेश र मधेसीको संक्स्कृतिलाई अगाडी ल्याउने कार्य गरेको छ । हामीले क्यारेक्टर मार्फत समुदायलाई असर पर्ने काम गरेका छैनौ’ जोगिन्दरले भने ।

जोगिन्दर बोले प्रणाम जीका संचालक शिवशंकर रिजाल प्रदेश नम्बर २ स्थित सर्लाहीका हुन् । मधेशबाट प्रतिनिधित्व गर्ने भएकाले पनि उनि आफ्नो संस्कृतिलाई विश्व माँझ पुर्याउन चाहन्छन् । जोगिन्दरले आउँदो ‘गाईजात्रा’ लाई लक्षित गर्दै गाईजात्रे कमेडी कोसेली ‘ओम बकम्फुसाय नम’ सार्वजनिक गरिसकेका छन् । 

देशको समसामयिक राजनीतिक, राजनीतिक दल र विकृति विसंगती प्रति तिखो प्रहार गर्दै उनले ‘ओम बकम्फुसाय नम’ ल्याएका हुन् । रिजालको यो पटकको गाईजात्रे कोसेलीमा पनि एक प्यारोडी गीत सहित र प्रहसन समेत समेटिएको छ । दुई दशकदेखि गाईजात्रा पर्वमा नियमित कोसेली ल्याउने गरेका रिजालको ‘ओम बकम्फुसाय नम’ २० औं कोसेली हो । गतवर्ष उनले ‘लकडाउन’ नामक गाईजात्रे कोसेली ल्याएका थिए । हास्य कलाकारका लागि गाईजात्रा एउटा महान उत्सव भएकोले लामो समयदेखि यो बर्षमा गाईजात्रे कोसेली ल्याउने गरेको रिजालले बताए ।

गाईजात्रे प्रस्तुतिको भिडियोमा रिजालको अलवा अलवा दमन रुपाखेती, शशी बिक्रम थापा, घनश्याम गौतम ‘नक्कली प्रचण्ड’, सुरेश तिमल्सिना ‘नक्कली ओली’, सबु लामिछाने, बेदमणि अधिकारी, प्रेम शर्मा पौडेल, श्रेया दुलाल, शिवराम कार्की, धिरेन्द्र सिंह लगायतको अभिनय रहेको छ । गायिका राधिका हमाल भिडियोमा राष्ट्रपतिको भुमिकामा देखिएकी छन् । हरेक वर्ष निरन्तर रुपमा गाईजात्रे प्रस्तुति बजारमा ल्याइरहेका रिजाल गाईजात्रामा हास्य-व्यङ्ग्य कार्यक्रम गर्नु, प्रस्तुति ल्याउनु आफ्नो धर्म नै मान्दछन् । अहिले आएको आफ्नो गाईजात्रे कोसेली समसामाहिक बिषय र राजनीतिक विकृति प्रतिको खरो झटारो भएको रिजालको भनाई रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको