३१ आश्विन २०७८, आईतवार

काबुलबाहेकका सबै प्रमुख सहर तालिबानको कब्जामा



एजेन्सी । अफगानिस्तानमा विद्रोही समूह तालिबानले राजधानी काबुलबाहेक देशका सबै मुख्य सहरहरु कब्जा गरेको छ ।

आज बिहान पूर्वी सहर जलालावाद पनि तालिबानले नियन्त्रणमा लिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन ।

अफगान सुरक्षाकर्मीले प्रतिकारबिनै जलालावाद सहर​ तालिबानलाई सुम्पिएको समाचार छ ।

योसँगै अब देशका प्रमुख सहरमध्ये अफगान सरकारको पकडमा राजधानी काबुल मात्रै बाँकी रहेको छ ।

तालिबानी लडाकुहरू राजधानी काबुल नजिकै पुगिसकेका छन् ।

उनिहरु राजधानी काबुल पनि कब्जा गर्ने प्रयासमा रहेको बिबिसीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको