१ आश्विन २०७८, शुक्रबार

साथीहरूका भागमा प्राध्यापक मेरो भागमा कोरोना !



आजबाट प्राध्यापकको अन्तर्वार्ता । दुई बिसै दुई वर्ष नाघे छ, कर्मवादी भएको, अहिलेजस्तै बेलाबेलामा भाग्यवादले यस कर्मको पूजा गर्नेलाई तोरीका फूल नदेखाएको होइन । रंग र ढंग हुने मित्रहरू त दसक अगाडि नै यो अन्तिम खुड्किलो पार गरेर कहाँकहाँ पुगी सक्नु भयो, आफू त कम्तीमा यसो अलिक त लेख्न पढ्न र कहिल्यै अल्छी नगरी निष्ठापूर्वक स्नातकोत्तर तहमा मात्रै साढे दुई दशकदेखि पढाउन त सकेको छु, यहाँ त एउटा अनुच्छेद पनि लेख्न र तल्लो कक्षालाई पढाउन नसक्ने अनि सधैं पदकै पछाडि दगुर्नेहरू विश्वविद्यालयका केन्द्रीय … मै पुगेको सबैले देखेकै छन् ।

आफूलाई त रंगढ़ंग नमिलेकाले उहिले थपलिया श्रीमानले कार्यसम्पादन मूल्यांकनमा दस पूर्णांकमा अरुलाई ८ र मलाई २ दिनु भएको थियो,अरूले जे गरे पनि आफ्नो कर्म त गरु भनेर ८ वटा किताब आइयसबियन लिएर टाइप गरेर ६ वटा करेक्सन गरिसकेको बेला कोरोना मैयाले माया गरिन्, तिनले बालबच्चा साहनबाहनसहित बेसरी घाटी अठ्याइन्, त्यति हुँदा पनि छोडेर गइन् ।

कहिले त लाग्छ किन छोडिहोलिन् लिएर गए आनन्दै हुन्थ्यो, यी सांसारिक तनाव, गुनासा केही रहने थिएनन्, जयराज पन्तस्ता छलछाम, धुर्याई खुराफाती र शकुनि चाल नजानेका मित्रले भित्र्याएको र प्रेम खत्रीजस्ता सिधा र उदार एकैजनाले २० लाख दिएर बचाएको संस्थामा सल्यान, दुल्लु र सुर्खेतको पाँचौं राष्ट्रिय सम्मेलनको केन्द्रीय संयोजक भयर पूरा गर्नेदेखि सानोतिनो सकेको सहयोग सधैं गरेको, कहिल्यै खुराफाती नगरेको मान्छेलाई तिलौराकोटदेखि बाल्मीकि आश्रमसम्म र रोल्पादेखि प्यूठानको स्वर्गद्वारीसम्म साथ दिएर प्रस्तुत गरेका कार्यपत्र आफैले सधैं सके जति सहयोग गरेका र आत्मीय मित्र ठानेका मित्रले छाप्ने बेलामा छुटाएर घात गर्नु भयो भनेर गुनासो पनि गर्नु पर्ने थियन।

जे भयो, सबैलाई धन्यवाद छ,आभारी छु।अरु सबै छोडेर आजबाट हुने अन्तर्वार्तामा आदरणीय मित्रहरूलाई कोरोनाले फर्म नै भर्न छुटाएर प्रतिस्पर्धीबाटै बाहिर्याइदिएको यो मित्रको तर्फबाट सफलताको शुभकामना।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको