१९ फाल्गुन २०७७, बुधबार

अन्तत : मच्छिन्द्रनाथको रथ आज दिउँसो ३ बजे तानिदै



२१ भाद्र, काठमाडौं । कोरोना महामारी र उपत्यकामा चलिरहेको निषेधाज्ञाका कारण अनिश्चित बनेको मच्छिन्द्रनाथको रथ यात्रा आज दिउँसो ३ बजे हुने भएको छ ।

गत बिहिबार स्थानीय गुठियारहरूले बिना अुनमति मच्छिन्द्रनाथको रथ तान्दा पुल्चोकमा झडपपछि भएको सहमति अनुसार आइतबार रथ तान्न लागिएको हो ।

विगतका वर्षमा मङ्गलबजार, सुन्धार, लगनखेल र अन्त्यमा जावलाखेल पुर्याएर जात्रामा मच्छिन्द्रनाथको भोटो देखाइन्थ्यो । कोरोना महामारीका कारण यस वर्ष रथलाई ललितपुर महानगरपालिका अगाडिको सोह्रखुट्टे पाटिसम्म तानेर राख्न लागिएको १९ औं जातीय खलः पुचःका संयोजक चन्द्र महर्जनले बताए ।

संयोजक महर्जनका अनुसार हरेक मान्छेलाई ३ फिटदेखि ६ फिटको दूरीमा राखेर सुरक्षित तवरले रथ तानिदैछ । उनले भने, ‘रथ तान्न १९ औं जातीय खलका मानिसका साथै पाटन टोलबाट चारदेखि पाँच जना सहभागी हनेछन् ।’

हाल रथ भएको स्थानबाट १५ देखि २० मिटर टाढा सोह्रखुट्टे पाटी भएकाले रथ तान्न पनि धेरै समय नलाग्ने भएको छ ।

विगतका वर्षझैँ यसवर्ष परम्परागत विधिपूर्वक रथ यात्रा गर्न नसकिएकाले देशमा कुनै अनिष्ट नहोस् भनेर शुक्रबार र शनिबार क्षमा पूजा गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु