१ आश्विन २०७८, शुक्रबार

वीरेन्द्रनगर यौनिक अल्पसङ्ख्यकको तिर्थ बन्ने ?



साउन ३० वीरेन्द्रनगर । नगरको काँक्रेविहार नजिकै रहेको शिव मन्दिर परिशरमा शिवको अर्ध नारेश्वर मुर्ती स्थापना भएको छ । परिशर र मुर्ती स्थापना आधार सहित १ करोड १८ लाखको लगानीमा बन्ने यो आयाजनाको सबैभन्दा आकर्षक भब्य अर्धनारेश्वरको मुर्ती २६ लाखमा निर्मित भएको मानिन्छ । मुर्ती कुद्नका लागि काठमाण्डोबाट मुर्तीकारहरू झिकाइएको थियो । वीरेन्द्रनगरस्थित धुलायपिठमा रहको एउटै चट्टानबाट यो मुर्ती बनाइएको छ । र, यसको आकार अजङ्गकै छ ।

शिव मन्दिरमा अर्धनारेश्वरको अजङ्गको मुर्ती कर्णाली प्रदेशकै लागि एक आकर्षण हुने मानिन्छ । संसारभरी नै गे, लेस्विएन, वाइसेक्सुअल, समलिङ्गी आदिबारे यौनिक  समानताको आवाज उठेका बेला बिभिन्न धर्म र संस्कृतीमा यसलाई निषेधित गर्ने गरिएको भेट्टिइन्छ ।

तर हिन्दु धर्मका ग्रन्थहरूमा बिभिन्न पात्रहरूका रूपहरू पाइन्छन् । अझ भारतमा यस्तै एक सम्प्रदायका मानिसहरूले (जस्तै हिजडा) आशिर्वाद या श्राप दिएमा लाग्ने मानिन्छ ।

हिन्दु धर्ममा अर्धनारेश्वर आधा नारी र आधा पुरूषलाई महादेवको रूप मानिन्छ । महाभारतमा पनि विराट पर्वमा अर्जुनले नारी रूप धारण गरेको र महाभारतमा पाण्डवको पक्षमा उभिइ कोरवहरूलाई पराजित गर्न शिखण्डी जस्ता पात्रहरूको पनि चर्चा हुने गर्दछ ।

वीरेन्द्रनगरमा रहेको काँक्रेविहारमा जसरी बुद्द धर्म र हिन्दू धर्म धार्मिक सहिष्णुताको प्रतिक पुनर्स्थापना भइ खस साम्राज्यको ऐतिहासिक धरोहरका रूपमा उभिएको छ भने दुल्लुका राजा प्रताप शाहीले १५ औं शताब्दीमा निर्मित गरेको शिव मन्दिरमा महादेवको अजङ्गको अर्धनारेश्वर मुर्ति उभिन पुग्नु पर्यटकीय  र धार्मिक महत्वका लागि अर्को आयाम बन्न पुगेको छ ।

संसारभर नेपाल एलजिविटीआइक्यु राइटका लागि लिवरल देशका रूपमा चिनिएको छ । संसदमा समेत प्रतिनिधित्वमात्र होइन सार्वजनिक जीवनमा हरेक अङ्गमा एलजिविटीआइक्यु अधिकारवादीहरूले राम्रै स्थान पाएका छन् ।

धार्मिक महायज्ञ गरी उठाइएको रकमबाट अर्धनारेश्वरको अजङ्गको मुर्ती बनाइनुको पछाडीको आसय के थियो भन्न सकिदैन । समितिका मानिसहरूले किन भगवान शिवको अर्धनारश्वरको मुर्ती बनाउने निर्णय लिए होलान् भन्न गाह्रो छ । शिव मन्दिरका पुजारी अक्षयनाथ समेतले यस्को कारण भन्न सकेनन् ।

कर्णाली प्रदेश कैलास मानसरोवरको गेट वे, राजा वीरेन्द्रको अर्को राजधानी, संसारकै सुन्दर रारा ताल, विचित्र ताल फोक्सुण्डो, खस र वोन सभ्यताको केन्द्र, ज्वालाक्षेत्र आदिका नामले प्रख्यात छ ।

निर्माण गर्नेहरूले जुन उद्देश्यले गरेका होउन तर वीरेन्द्रनगरमा सिङ्गो ढुङ्गाबाट बनेको भयङ्कर अर्धनारेश्वरको मुर्तीका बारेमा उलेख्य प्रचार गर्न सकिएमा  वीरेन्द्रनगर नेपालको मात्र होइन संसारभरीकै लैंगिक अल्पसङ्ख्यकहरूको तीर्थ बन्न सक्दछ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको