३१ आश्विन २०७८, आईतवार

आज कर्णालीमा युवा संघको भेला हुँदै, प्रदेश संयोजक ज्वालाले सम्बोधन गर्ने



३० साउन, काठमाडौं । नेकपा (एमाले) माधव नेपाल–झलनाथ खनाल समुहको युवा संघ नेपालको कर्णाली प्रदेश स्तरीय भेलाको सम्पूर्ण तयारी पुरा भएको छ । कार्यक्रम प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेत स्थित सिद्धार्थ सहकारीको हलमा शनिबार बिहान ११ बजे देखि शुरु हुने बताइएको छ ।

कार्यक्रमलाई नेकपा (एमाले) कर्णाली प्रदेशका संयोजक एवम् कर्णाली प्रदेशका पुर्व अर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सम्बोधन गर्नेछन् । यस्तै कर्णाली प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं बुढा, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहि, भौतिक तथा पूर्वाधार मन्त्री अम्मरबहादुर थापाले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा अतिथिको रूपमा नेकपा एमाले कर्णाली प्रदेशका पदाधिकारी तथा सदस्यहरू, जिल्ला तहका पदाधिकारी तथा सदस्यहरू, युवा संघ नेपालका केन्द्रीय पदाधिकारी तथा सदस्यहरू लगाएको उपस्थिति हुने संघका प्रदेश अध्यक्ष अनिल बोगटीले जानकारी दिए ।

भेलामा कर्णाली प्रदेशका १० वटै जिल्लाबाट प्रतिनिधिहरूको सहभागी हुनेछ । संघले बिहान ८ बजे प्रदेश अस्पताल सुर्खेतमा कोरोना संक्रमित बिरामीहरूलाई फलफूल वितरण गर्ने कार्यक्रम समेत रहेको युवा संघका केन्द्रिय सचिवालाय सदस्य कमलकृष्ण पौड्यालले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको