२ कार्तिक २०७८, मंगलवार

निजामती सेवामा फड्को मार्दै दैलेखः न्याय सेवातर्फ ११ जनाले अधिकृतमा नाम निकाले



२९ साउन, दैलेख । कर्णाली प्रदेशको दैलेख जिल्लाले पछिल्लो समय निजामती सेवातर्फ एकपछि अर्को गर्दै फड्को मारिरहेको छ । अहिले केहि दिन अगि निजामती क्षेत्रको न्याय सेवाको अन्तिम परीक्षामा ११ जनाले अधिकृतमा नाम निकालेका छन् ।

न्याय सेवाको अधिकृतमा नाम निकाल्नेहरूमा नारायण नगरपालिकाका कुशल न्यौपाने, आठविस नगरपालिकाका ओम कठायत, ठाटिकाँध गाउँपालिकाका यज्ञराज रेग्मी, डुङ्गेश्वर गाउँपालिकाका अर्जुनप्रसाद आचार्य, चामुण्डाविन्द्रासैनी नगरपालिकाका चेतनकुमार तिमिल्सिना, दुल्लु नगरपालिकाका धर्मराज रिजाल, भैरवी गाउँपालिकाका रमेशप्रसाद खनाल, नौमुले गाउँपालिकाका सविन गुरूङ, भगवतीमाइ गाउँपालिकाका रामबहादुर शाही, नारायण नगरपालिकाका अमृता के.सी. र ठाटिकाँध गाउँपालिकाका देवेन्द्र थापा रहेका छन् । न्याय सेवातर्फ नै २ जनाले वैकल्पिकमा पनि नाम निकालेका छन् ।

केहि समय अगाडि दैलेख जिल्लाका ५ जना विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीका रूपमा एकै पटक नियुक्त भएका थिए । पछिल्लो समय दैलेख जिल्लामा निजामती सेवामा प्रवेश गर्नेहरूको लहर नै चलेको देख्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको