२ कार्तिक २०७८, मंगलवार

झापामा ‘प्रहरी हुँ’ भन्दै ठग्ने दुई जना पक्राउ




२९ साउन, झापा । ‘सादा पोशाकको प्रहरी हुँ’ भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सादा पोशाकको प्रहरी भएको भन्दै पैसा असुल्ने कनकाई–७ का ४० वर्षीय विकास उप्रेती र विर्तामोड–३ का ३२ वर्षीय टीका खत्रीलाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको हो ।

बिर्तामोड–५ की नयनसरी राजवंशीलाई उनीहरूले ठगी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरूले नयनसरीलाई छोरा लागुऔषध कारोबारीमा लागेको र मुद्दा नचलाउन भन्दै ११ साउनमा २० हजार मागेका थिए । त्योमध्ये राजवंशीसँग भएको एक हजार एकसय समेत लगेको झापाका प्रहरी प्रवक्ता डीएसपी राकेश थापाले जानकारी दिए । ‘नयनसरीलाई सादा पोशाकको प्रहरी हुँ । तपाईंको छोरा लागुऔषध खाने बेच्ने गर्छ । छोरालाई जोगाउने हो भने २० हजार ल्याउनु भनेछन्,’ उनले भने, ‘राजवंशीसँग भएको एक हजार एक सय पनि लगेछन् । बाँकी पछि लिन आउने भन्दै धम्क्याएर हिँडेछन् ।’

उनीहरू १४ साउनको राति साढे ९ बजे फेरि आएको प्रहरीले जनाएको छ । राजवंशीको घरमा पुगेका उनीहरूले नयनसरीको छोरा विशाललाई बाहिर बोलाएर गाउँले भेला पारेको भन्दै कुटपिट गरेको प्रहरीले जनाएको छ । ‘हामी एउटा मिसनमा आएका हौं किन गाउँका मान्छेलाई हल्ला गरेको भन्दै पेटीले कुटेछन्,’ डीएसपी थापाले भने, ‘हामीले नयनसरीको निवेदनको आधारमा अभद्र व्यवहार मुद्दामा हिरासतमा राखेर अनुसन्धान गरिरहेका छौं ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको