३१ आश्विन २०७८, आईतवार

गाउँपालिका उपाध्यक्षका ससुराको निधन हुँदा सरकारी बिदा




२९ साउन, काठमाडौं । तेह्रथुमको मेन्छयायेम गाउँपालिकाले उपाध्यक्षका ससुराको मृत्यु हुँदा गाउँभरिका शैक्षिक संस्था एवं सरकारी कार्यालयहरु एक दिनका बन्द गर्ने निर्णय गरेको छ। मेन्छयायेमकी उपाध्यक्ष गीतादेवी तिम्सिना गौमतका ससुरा कृष्णप्रसाद गौतमको निधन हुँदा शुक्रबार ९आज० गाउँपालिकामा शोक बिदा दिइएको हो ।

गाउँपालिका कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै कृष्णप्रसादको निधनप्रति गाउँपालिका परिवार शोकमा डुबेको बताउँदै बिदा दिने निर्णय गरेको बताइएको छ । गाउँपालिकाले शुक्रबार बिहान जारी गरेको सूचनामा भनिएको छ, ‘यस शोकको घडीमा मृत आत्माको चिरशान्तिको कामना गर्दै शुक्रबारका दिन यस गाउँपालिकाको कार्यालय, वडा कार्यालयहरु, गाउँपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरु एवं गाउँपालिका मातहतका कार्यालयहरु (स्वास्थ्य संस्थाबाहेक) मा शोक विदा दिने निर्णय भएको व्यहोरा सबैमा जानकारी गराइन्छ ।’

कृष्णप्रसादको गएराति ११ः४० मा निधन भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको