३ कार्तिक २०७८, बुधबार

जबर्जस्ती करणी आरोपमा रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष पक्राउ




२९ साउन, भैरहवा ।
रुपन्देही प्रहरीले सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला बब्लुलाई पक्राउ गरेको छ । जबर्जस्ती करणी गरेको आरोपमा उनलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख मनोज केसीले बताए ।

सम्मरीमाई गाउँपालिका– १ पकडिहवानिवासी महिलामाथि जबर्जस्ती करणी उद्योगमा सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । पालिका अध्यक्ष शुक्लाले आफ्नै निवास असुरैनामा बोलाएर महिलालाई जबर्जस्ती करणी गरेको आरोप लगाउँदै उजुरी दर्ता भएको प्रहरीले जनाएको छ ।

चोरीको आरोपमा प्रहरी हिरासतमा रहेको श्रीमानलाई छुटाइदिने भन्दै जबर्जस्ती करणी गरेको आरोप पालिका अध्यक्ष शुक्लामाथि लागेको छ । घटना साउन २४ गते बिहान ११ बजे भएको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको