२ कार्तिक २०७८, मंगलवार

केपी ओलीका कारण एमाले खरानी हुन मात्र बाँकीः पृथ्वी सुब्बा गुरुङ



२८, साउन, काठमाडौं । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री एवम् नेकपा (एमाले)का सचिव पृथ्वी सुब्बा गुरुङले पार्टी अध्यक्ष केपी शर्मा ओलीका कारण एमाले खरानी बन्न सक्ने बताएका छन् ।उनले ओलीमा विकसित भएको अहंकार, दम्भ र व्यक्तिबादले पार्टी समाप्त हुन सक्ने खतरा उत्पन्न भएको समेत बताएका छन् ।

सचिव गुरुङले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनबाट गम्भीर शिक्षा लिदै नेकपा एमालेले सामुहिक नेत्तृत्व प्रणालीलाई अपनाए पनि अध्यक्ष ओलीले यसको पालना नगर्दा पार्टी विघटनको दिशातिर उन्मुख भएको उनको ठहर छ ।

उनले भने, ‘हाम्रो मौजुदा विधानले नै सामुहिक नेतृत्व प्रणालीलाई अंगीकार गरेको छ । तर अध्यक्ष ओली उत्तर कोरियाली कम्युनिष्ट पार्टीको प्रमुख जस्तो गरेर अघि बढ्न थालेपछि समस्या देखा परेको हो । त्यस्तो ब्यक्तिबादी कार्यशैलीकै कारण एमालेलाई अपुरणीय क्षति भइसक्यो । अब त पार्टी खरानी हुन मात्र बाँकी छ ।’

गुरुङका अनुसार अध्यक्ष ओलीको दम्भका कारण यसअघिको निर्बाचनमा प्राप्त भएको एमालेको बिरासत ढल्न सुरु गरेको छ । ‘एमालेले तीनै तहमा ठूलो दल आफ्नो बिरासत कायम गर्यो । त्यसैले बहुसंख्यक स्थानीय सरकारसहित प्रदेश–१, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश गरी पाँच प्रदेशको सरकारको नेतृत्व गर्ने अवसर पायौं । संघमा पनि स्पष्ट बहुमतका साथ सत्तासिन भयौं ।’ गुरुङ भन्छन्, ‘आज अध्यक्ष ओलीको अहंकार र एक्लै हिड्ने प्रवृतिका कारण संघ गुम्यो, गण्डकी गुम्यो, लुम्बिनी गुम्यो । अझै अरु गुम्नेवाला छन् ।’

साढे तीन वर्षमै यति ठूलो क्षति व्यहोर्नुले एमालेको भविष्य के होला भनेर चिन्ता गर्नु पर्ने बेला आउको गुरुङको भनाई छ । उनी भन्छन्, ‘ओली कमरेडले एक्लै हिड्ने दम्भ पाल्दाको परिणति हो यो । अध्यक्ष ओलीको व्यक्तिबादी दम्भकै कारण तीन सरकार गुमाई सकियो । यो यतिमै रोकिने देखिएको छैन ।’

एउटा व्यक्तिको (ओली) कारण पार्टी र आन्दोलनले गम्भीर धक्का खान थालेकाले सबैले सोच्नुपर्ने बेला आएको उनले बताए । नेकपा माओवादी केन्द्रसँग भएको एकीकरण टुटेपछि एमालेको ओरालो यात्रा सुरु भएको यथार्थलाई सबैले मनन् र आत्मसात गर्नु पर्ने उनले तर्क गरे ।.

उनी अहिले भएको अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पानी बारबारको अवस्थालाई द्वन्द्ववादी ढंगले हेर्नु पर्ने बताउँदै भन्छन्, ‘आफ्नै पार्टीका अध्यक्ष ओली नेतृत्वको सरकार ढालेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार बनाउन माधब नेपालले भूमिका खेले भनेर आक्रोस पोख्ने मात्र होइन, नेता नेपाललाई ओलीले किन त्यहाँसम्म पुर्याए भनेर सोच्ने हो भने बिबादको समाधान भेटिन्छ ।’

उनले भने, ‘माधब नेपालमा व्यक्तिजन्य कमजोरी होलान्, तर एमाले बनाउन उनको योगदान ओलीभन्दा कम होइन, बरु बढ्ता नै छ । त्यस्तो व्यक्तिलाई कसैको स्वार्थ नमिल्नेबित्तिकै पार्टी छाडेर जाउ भन्नु इतिहासप्रतिको गद्दारी हो ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको