२ कार्तिक २०७८, मंगलवार

जुम्ला खलङ्गा बजारमा भालुको आक्रमणबाट दुई जना घाइते




२८ साउन, सुर्खेत ।
जुम्लाको चन्दननाथ नगरपालिका–५ कार्कीवाडामा भालुको आक्रमणबाट एक दम्पती घाइते भएका छन् । बिहिबार बिहान करिब ४ बजेतिर भालुले आक्रमणबाट दैलेख स्थायी घर भई जुम्ला सदरमुकामका मोबाईल पसल संचालन गर्दै आएका हेमराज रोकाया र उनकी श्रीमती निर्मला रोकाया घाईते भएका हुन् ।

घाइते हेमराजलाई बिहानै उठेर धारामा नुहाँउन गएको अवस्थामा भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरिक्षक दानबहादुर थापाले जानकारी दिए ।

घाइते हेमराज दम्पत्तीको उपचार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ ।

घाइते निर्मला रोकायाको अनुहारमा चोट लागेको र हेमराज रोकायाको टाउको र ढाडमा चोट लागेको अस्पतालले जनाएको छ । घाईते दम्पत्तीको अबस्था सामान्य रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको