२ कार्तिक २०७८, मंगलवार

खोप किन्न सरकार र एडीबीबीच १९ अर्ब ५८ करोडको ऋण सम्झौता



२८ साउन, काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप खरिदका लागि सरकार र एसियाली विकास बैंक (एडीबी)बीच सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । अर्थ मन्त्रालयमा सरकारका तर्फबाट अर्थसचिव मधुकुमार मरासिनी र एडीबीका कन्ट्री डाइरेक्टर आनो कुस्वाले बुधबार १९ अर्ब ५८ करोड रुपैयाँको सम्झौतापत्रमा हस्ताक्षर गरे ।

यो सहुलियत ऋण सहायताबाट १ करोड ५९ लाख मात्रा खोप खरिद गरिने बताइएको छ । यसबाट ६८ लाख जनसंख्या लाभान्वित हुने सरकारको अपेक्षा छ । कार्यक्रममा अर्थसचिव मरासिनीले नेपाललाई सुरक्षित र प्रभावकारी खोपको उपलब्धताको सुनिश्चितताका लागि बैंकको यो सहायता महत्त्वपूर्ण हुने उल्लेख गरे ।

साथै खोप अभियानले नागरिक जीवनको सुरक्षा गरी अर्थतन्त्रको पुनरुत्थानमा मद्दत र्पुयाउने विश्वास पनि व्यक्त गरे । एडीबीका कन्ट्री डाइरेक्टर कुस्वाले यो सम्झौता कोभिड–१९ को चक्र तोडेर नागरिक जीवनको रक्षा गरी आर्थिक एवं सामाजिक पुनरुत्थानतर्फ अघि बढ्न सहयोगीसिद्ध हुने बताए ।

एशियाली विकास बैंकबाट परिचालित प्राविधिक सहायताले खोप वितरणलाई प्रभावकारी बनाउने र सञ्चार तथा सामुदायिक सहभागितालाई बढावा दिँदै कोभिड १९ विरुद्ध जनचेतना फैलाउन सहयोग पुग्ने विश्वास सरकारले लिएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको