३ कार्तिक २०७८, बुधबार

आज कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशन सर्न सक्ने



२८ साउन, काठमाडौं । आसन्न १४ औँ महाभिवेशनमा केन्द्रित रहेर आज नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्ने भएको छ । कार्यतालिका प्रभावित भएकोले आज २ बजे बस्ने केन्द्रीय समिति बैठकको छलफलबाट महाधिवेशन सार्ने निर्णय हुने सम्भावना छ ।

यसअघि प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बुधबार बसेको पदाधिकारी बैठकले भदौ १६ देखि १९ सम्म महाधिवेशन गर्न अब सम्भव नदेखिएकोले महाधिवेशन सार्नुपर्ने निष्कर्ष निकालिसकेको छ ।

स्रोतका अनुसार सभापति देउवाले मंसिरमा महाधिवेशन गर्नुपर्ने बताएका छन् । तर वरिष्ठ नेता रामचन्द्र पौडेलले भने भदौमै वडा तहलगायत तल्ला तहका महाधिवेशन सुरू गरेर असोजमा महाधिवेशन गर्नुपर्ने बताएका छन् ।

सभापति देउवाको कार्यकाल भदौ २३ गतेसम्म मात्रै छ । त्यसपछि कसरी पार्टीको म्याद थप गर्ने भन्नेबारे भने कांग्रेसले बताइसकेको छैन । यसअघि वरिष्ठ नेता पौडेलले भदौ २३ पछि यो केन्द्रीय समिति नरहने बताएका थिए ।

क्रियाशील सदस्यतामा देखिएको विवाद र कोरोना महामारीले गर्दा भदौमा महाधिवेशन गर्न नसकिने निष्कर्षमा कांग्रेसका शीर्ष नेता पुगेका छन् । तर महाधिवेशन सारेर कहिले गर्नेमा भन्ने कुनै टुंगो लागिसकेको छैन ।

आज केन्द्रीय समिति बैठक बस्नुअगाडि पनि शीर्ष नेता बैठक गरेर कार्यतालिकाबारे सहमति गर्ने तयारी छ ।

सविधानअनुसार हरेक साढे ५ वर्षभित्र सबै राजनीतिक दलले केन्द्रीय अधिवेशन गर्नुपर्ने बाध्यात्मक व्यवस्था छ । कांग्रेसको विधानले चार वर्षको कार्यकाल तोकेको छ । चार वर्षभित्र हुन नसके एक वर्ष थप्न सकिने प्रावधान छ । संविधानले पाँच वर्षभित्र गर्न नसके कारण खुलाएर थप ६ महिना बढाउन सकिने व्यवस्था गरेको छ । भदौ १९ बाट संविधानले दिएको थप ६ महिनाको समय सकिँदै छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको