३१ आश्विन २०७८, आईतवार

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपतिको गाडीमा बञ्चरो प्रहार



२७ साउन, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह चढ्ने गाडीमा आन्दोलनकारी विद्यार्थीले बञ्चरो प्रहार गरेका छन् । आन्दोलनकारीहरूलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्दा सात जना विद्यार्थी घाइते भएका छन् ।

विश्वविद्यालयका समस्या समाधानका लागि सर्वपक्षिय छलफल भइरहँदा केही व्यक्तिहरूले सुनियोजित रूपमा आफूमाथि भौतिक आक्रमण गरेको उपकुलपति सिंहले बताए ।

प्रा.डा. सिंहले भने, ‘म मुसुमको कार्यालयमा विश्वविद्यालयको समस्या समाधान गर्न भन्दै बोलाइएको सर्वपक्षीय बैठकमा सहभागी भइरहेको थिएँ । केही अपराधिक व्यक्तिहरूले म गाडिबाट ओर्लिना वित्तिकै मेरो गाडीमा बञ्चरोलगायत अन्य हात हतियारले प्रहार गरेका थिए ।’

संयोगवस आफू गाडीबाट केहि समय पहिला निस्किसकेकाले र समयमै प्रहरी आइपुगेकाले अप्रिय घटना हुन नपाएको उपकुलपति सिंहले बताए । उनले आफूलाई प्रहरीले स्कर्टिङ गरेर निवासमा ल्याइदिएको बताए ।

उपकुलपतिमाथि भौतिक आक्रमण भएपछि प्रहरीले लाठीचार्ज गर्दा अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष राज पौडेल, दीपेन्द्रजंग शाही, भूपेन्द्र बम, केशव खड्का, रोशन बस्नेत, गोविन्द सिजापती, तेजबहादुर बमलगायत घाइते भएका छन् । विश्वविद्यालयका स्ववियू सभापति झक्कबहादुर शाहीलगायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विश्वविद्यालयमा विद्यार्थी संगठन र प्राध्यापक संगठनहरू विगत लामो समयदेखि अनलाइन परीक्षा हुनुपर्ने लगायत विभिन्न माग राख्दै आन्दोलन गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको