३१ आश्विन २०७८, आईतवार

एमाले अध्यक्ष केपी ओली ‘ट्रस्ट’को जग्गा सरकारद्वारा जफत



१७ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा स्थापित ट्रस्टको ६९ रोपनी १० आना १ पैसा जग्गा सरकारले जफत गरेको छ । हदबन्दीभन्दा बढी जग्गा ओलीको ट्रस्टको नाममा रहेको भन्दै सरकारले जफत गरेको हो ।

मालपोत कार्याल तेह्रथुमका अनुसार सरकारले तोकेको हदबन्दीभन्दा बढी जग्गा राखेको पाइएपछि त्यसलाई सरकारको नाममा ल्याउने निर्णय गरिएको र धेरै भएको जग्गा सरकारको नाममा ल्याउने निर्णय भइसकेको जनाएको छ ।

भूमि व्यवस्था मन्त्रालयका अनुसार २०७८ असार २१ को निर्णयबाट ६९ रोपनी १० आना १ पैसा जग्गा सरकारको स्वामित्वमा ल्याइएको हो ।

नेपालको कानुनले पहाडमा ७५ रोपनीभन्दा बढी जग्गा एकै व्यक्ति वा संस्थाको स्वामित्वमा राख्न नपाइने व्यवस्था गरिएको छ । ट्रस्टले कानुन मिचेर १ सय ४३ रोपनी १४ आना एक पैसा जग्गा खरिद गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको