२ कार्तिक २०७८, मंगलवार

२४ घण्टामै झण्डै ५ हजार जनामा कोरोना संक्रमण, ३५ को मृत्यु



२६ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ९ सय ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

विभिन्न प्रयोगशालामा भएको १९ हजार १२३ जनाको परीक्षणमा ४९०४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै आज ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा होम आइसोलेशन र विभिन्न अस्पतालमा उपचाररत २ हजार ११५ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

आज थपिएकासहित नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख २० हजार ६८० पुगेको छ । हालसम्म नेपालभर १० हजार १५० जनाको मृत्यु भइसकेको छ भने ६ लाख ७३ हजार १९८ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३३२ छ । जसमध्ये ३३ हजार ९८५ जना होम आइसोलेसनमा र ३ हजार ३४७ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये ७६१ जना आईसीयू र १७६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका १०३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ देखि २० वर्ष उमेर समूहका २ सय ४१ जना कोरोना संक्रमित थपिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको