२ कार्तिक २०७८, मंगलवार

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरूद्धको अविश्वास प्रस्तावमा आज छलफल हुँदै



२७ साउन, बुटवल । प्रतिपक्ष ४ दलले संसदमा तेस्रो पटक मुख्यमन्त्री शंकर पोखरेलविरूद्व अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । आजको विशेष अधिवेशनमार्फत मुख्यमन्त्री पोखरेलविरुद्ध पेश भएको अविश्वासको प्रस्तावमाथि छलफल हुनेछ ।

प्रदेशसभामा बैशाखमै अल्पमतमा रहेका मुख्यमन्त्री पोखरेलले विभिन्न बहानमा सरकार टिकाइरहेका छन् । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन बैठक आज बस्दैछ ।

साउन १९ गते विपक्षी गठबन्धनका ३४ सांसदको समावेदनका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले आज दिंउसो १ बजेका लागि प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका हुन् ।

सरकारसँग ३८ मत मात्र रहेको प्रदेशसभामा विपक्षीले सभामुखसहित ४२ मत रहेको दाबी गर्दै आएका छन । प्रदेश सभामा अहिले ८० सांसद कायम छन् ।

८७ सदस्य रहेको लुम्बिनी प्रदेशमा कारबाही र राजीनामा प्रकरणपछि ८० सदस्यमात्र छन् । विपक्षी गठबन्धनमा कांग्रेसका १९, माओवादीका सभामुखसहित १९, जनता समाजवादीका ३ र जनमोर्चाका १ गरी ४२ सदस्य छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको